Kathmandu Press

दानबहादुर कार्कीको रिट दर्ता

बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो। यसकाे पेसी भाेलि सुनुवाइकाे मिति तय हुनेछ।
दानबहादुर कार्कीको रिट दर्ता

काठमाडौं, कात्तिक २० : आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ।

उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो। यसकाे पेसी भाेलि सुनुवाइकाे मिति तय हुनेछ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन्।

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, कात्तिक २०, २०८३