Kathmandu Press

५ मिनेटमै नेप्से ३ हजार बिन्दुमाथि पुग्यो, ७ अर्बमाथिको कारोबार

मंगलबार साढे १२ बजे सम्म नेप्से परिसुचक ४३.६६ अंकले बढेर ३०१४.९७ मा पुगेको छ।
५ मिनेटमै नेप्से ३ हजार बिन्दुमाथि पुग्यो, ७ अर्बमाथिको कारोबार

काठमाडौं, साउन १३ : आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ। यसअघि आइतबार पनि नेप्से पसिुचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो।

मंगलबार साढे १२ बजे सम्म नेप्से परिसुचक ४३.६६ अंकले बढेर ३०१४.९७ मा पुगेको छ। यस अबधिसम्म ७ अर्ब ६४ करोड ७७ लाख ७३ हजार ५६२ रुपैयाँ बराबरको १ करोड ७२ लाख ९४ हजार ५९९ कित्ता शेयर कारोबार भइसकेको छ। 

त्यसैगरी मुक्तीनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यसअघि गतवर्ष साउनमा तीन हजार बिन्दुमा पुगेको नेप्से त्यसपछि भने बढ्न सकेको थिएन। तर, चालु आवको मौद्रिक निती सावर्जनिक भएपछि सकारात्मक देखिएको शेयर बजार उत्साहजनक रुपमा अघि बढिरहेको छ। 

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, साउन १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्