Kathmandu Press

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण

बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले सुनकोशी–३ को डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने पहिलो निर्णय गरेको बताए।
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौँ, असाेज ७ : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले सुनकोशी–३ को डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने पहिलो निर्णय गरेको बताए।

उनले उक्त कमिटी गठनसम्बन्धी फाइल आफूले खोलिसकेको जानकारी दिए। ऊर्जा क्षेत्रमा आफ्नो लामो अनुभव रहेको भन्दै श्रेष्ठले ऊर्जा सन्तुलन कायम गर्ने विषयमा रणनीति बनाएर अघि बढ्ने बताए ।

उनले भने, ‘सुनकोशी–३ डिजाइनको अध्ययनका लागि कमिटी गठन गर्ने पहिलो निर्णय छ । त्यो कमिटी गठनको फाइल चाहिँ अहिले खोलेको छु मैले । यो क्षेत्रमा मेरो लामो अनुभव छ । त्यसैले इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा हामी रणनीति बनाएर अगाडि बढ्छौँ । जनतालाई दिनुपर्ने सेवासुविधा, सुशासन र गुणस्तरीय बिजुली जनतालाई दिनु नै मुख्य प्राथमिकता हुनेछ।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्