Kathmandu Press

विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो

वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले विश्व बैंकले नेपालले लिएको विकास सहायताको ब्याजदरलाई०.७५ प्रतिशतबाट बढाएर १.५ प्रतिशत पुर्‍याएको बताए।
विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो

काठमाडौं, साउन १२ : विश्व बैंकले यही जुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ।

सोमबार एक  कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले विश्व बैंकले नेपालले लिएको विकास सहायताको ब्याजदरलाई०.७५ प्रतिशतबाट बढाएर १.५ प्रतिशत पुर्‍याएको बताए।

‘विश्व बैंकले जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ। त्यो हामीले ४० वर्षभित्र तिर्ने गरि ऋण लिने गरेका थियौँ, अहिले म्याच्युरिटी अवधि पनि २४ मा थप ६ वर्ष गरेर ३० वर्ष भएको छ। यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुइटै दुई खालको थियो । अब ३० वर्षमा बनाइएको छ,’ उनले भने।

Hardik ivf

नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा बढेको उनको भनाइ छ। 

‘ब्यादजर किन बढ्यो भन्दा हामी धनी भएकाले हो, कारण अरु केही पनि छैन । गरिब राष्ट्रहरूको सूचीमा नेपाल सबभन्दा लो लेभलमा थियो। यो तल क्याटगरीबाट हामी अलिकति माथि आएका छौँ,’ उनले भने।

हालै विश्व बैंक र एसियाली विकास बैंकले आ–आफ्नो स्ट्राटेजी पनि ल्याएकाले ती स्ट्राटेजीहरूसँग सामञ्जस्यता मिलाउने गरि विकास सहायतालाई अघि बढाउने उनको भनाइ छ। 

‘कन्ट्री पार्टनर फेमबर्क भनेर वल्र्ड बैंकले ल्यायो कन्ट्री पार्टनर्स स्ट्राटेजी भनेर एडीबीले ल्यायो । ती दुईवटा डकुमेन्ट पनि हामीसँगकै सहकार्यमा बनेको थियो। त्यो डकुमेन्टहरुमा पनि जुन कुराहरु प्रायोरिटी भनेर उल्लेख त्यसैलाई आधार बनाएर विकास सहायता अघि बढ्ने हो । नेपालको विकास सहायतामा उनीहरुकै ८०% योगदान छ,’ उनले भने।

नेपालले लिने सबै विकास सहायतालाई छनोटपूर्ण बनाउन प्रोजेक्ट रेडिनेस फिल्टर जारी गरेको उनले जानकारी दिए। उनले परियोजनाको गुणस्तर र प्रतिफलमा केन्द्रित भएर मात्रै फिल्टर ल्याएको बताए। 

वैदेशिक सहायता लिने र दिने दुवै पक्षमा सहमति नभई कार्यान्वयन नहुने भएकाले यसमा नेपालले प्राथमिकताका आधारमा वैदेशिक सहायता पाउन नसकिने बताए। उनले भने, ‘वैदेशिक सहायताको कता कता आलोचना पनि गरेको देखिन्छ । हाम्रो प्राथमिकता हुनु प¥यो नि हामीले भने ठाउँमा लाउनु प¥यो भन्ने गुनासो आउँछ।’ 

यो सम्झौता वार्ता (नेगोसिएसन)बाट तय हुने भएकाले नेपालले  भने जस्तो मात्रै विकास सहायता आउन सम्भव नरहेको उनले बताए। उनले भने, ‘यो नेगोसिएसनमै आधारित हो । हाम्रो कोसिस हाम्रो प्रायोरिटीमा लगाउने हो।’ 
 

प्रकाशित मिति: १९:१० बजे, सोमबार, साउन १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्