Kathmandu Press

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ। यो करिब ७ अर्ब कम कारोबार हो।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, साउन १२ : साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ। आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ। यो करिब ७ अर्ब कम कारोबार हो।

आज सेन्सेटिभ इन्डेकस ०.७८ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.३७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३७ अंकले घटेको छ। 

सोमबार समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११४.२० रुपैयाँले बढेर १२५६.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको शेयर मुल्यपनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 
बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८.४९ प्रतिशतले घटेर ६२३.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ग्रिनभेन्चरर्स लिमिटेडको शेयर मूल्य ५.०८ प्रतिशतले घटेर ६००.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

सोमबार शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, नाग्दी ग्रुप पावर र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, साउन १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्