Kathmandu Press

सदनमा विश्वास गुमाएपछि पुडुचेरीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं, फागुन १० : भारतको पुडुचेरीका मुख्यमन्त्री वी नारायणसामीले सोमबार राजीनामा दिएका छन्।सदनमा विश्वासको मत गुमाएपछि मुख्यमन्त्री वी नारायणसामीले लेफ्टिनेन्ट गभर्नर तमिलीसाई सौन्दराराजनलाई...
सदनमा विश्वास गुमाएपछि पुडुचेरीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं, फागुन १० : भारतको पुडुचेरीका मुख्यमन्त्री वी नारायणसामीले सोमबार राजीनामा दिएका छन्।

सदनमा विश्वासको मत गुमाएपछि मुख्यमन्त्री वी नारायणसामीले लेफ्टिनेन्ट गभर्नर तमिलीसाई सौन्दराराजनलाई राजीनामा बुझाएका हुन्। केन्द्र सरकार, एनआर कांग्रेस र एआईएडीएमकेले तीन मनोनीत सदस्यलाई भोटिङ गर्न दिएर आफ्नो सरकार ढालेको नारायणसामीलले आरोप लगाएका छन्।  

Hardik ivf

राजीनामा दिएपछि नारायणसामीले आफू राज्य सभाका सभामुखको गलत्  फैसलाको सिकार भएका बताएका छन्। उनले सभामुखको यो कदमले लोकतन्त्रको हत्या गरेको पनि बताए। पुडुचेरीका जनताले उनलाई सबक सिकाउने नारायणसामीको भनाइ थियो।

कांग्रेस–डीएमकेको गठबन्धन सरकारका केही विधायकले राजीनामा दिएपछि सदनमा गठबन्धन सरकारको पक्षमा ११ विधायक मात्र छन्। जबकि विपक्षमा १४ विधायक छन्।  

 

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्