Kathmandu Press

कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ। अहिलेसम्म अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ।
कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

नयाँ दिल्ली, साउन १८ : दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ। 

सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ। अहिलेसम्म अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ।

शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ। यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी) द्वारा गरिएको थियो। 

जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शंकास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो।

सुरुमा संदिग्ध आतंककारीहरूले गोलीबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको जनाएको छ।
 

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्