यस वर्ष अजोड इन्स्योरेन्सका सेयरधनीकाे हात खाली
काठमाडौं, फागुन ६ : अजोड इन्स्योरेन्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । अजोडले एक सूचनामार्फत सेयरधनीलाई लाभांश वितरण गर्ने जानकारी गराएको....jpg)
काठमाडौं, फागुन ६ : अजोड इन्स्योरेन्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । अजोडले एक सूचनामार्फत सेयरधनीलाई लाभांश वितरण गर्ने जानकारी गराएको छ ।
अजोडको सञ्चालक समितिको ८४औं बैठकले आव २०७६/७७ को वित्तीय वितरणमा स्वीकृतिका लागि बिमा समितिमा पेस गर्ने निर्णय गरेको छ ।
‘आव २०७६÷७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नियमनकारी निकाय बिमा समितिमा पेस गरेको र सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरेको बेहोरा जानकारीका लागि अनुरोध छ,' सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार