Kathmandu Press

चन्द्रागिरिको आइपिओ भर्नेलाई केबलकार यात्रामा २५ प्रतिशत छुट

चन्द्रागिरिको ११औँ वार्षिक साधारण सभाले चन्द्रागिरिको आइपिओमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
चन्द्रागिरिको आइपिओ भर्नेलाई केबलकार यात्रामा २५ प्रतिशत छुट
Hardik ivfHardik ivf

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा छुट दिने व्यवस्था गरिएको छ । चन्द्रागिरिको ११औँ वार्षिक साधारण सभाले चन्द्रागिरिको आइपिओमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।’

सो छुट पाउन सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्ने छ । कम्पनीका अनुसार यो छुट सुविधा माघ ५ गतेदेखि १ वर्षसम्मका लागि मान्य हुनेछ ।

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्