Kathmandu Press

चीनमा मंलबार ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए

बेइजिङ पुस २९ : चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ। चीन भित्रै संक्रमणका थप ११५ वटा नयाँ घटना बाहिर...
चीनमा मंलबार ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए

बेइजिङ पुस २९ : चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ। चीन भित्रै संक्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मंगलबार जानकारी दिइएको हो।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो। यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ।  
चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ।

Hardik ivf

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार भेटिएका ११५ सङ्क्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा सङ्क्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन्।
चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो। 

मंगलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन्। यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ।

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्