Kathmandu Press

प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या आरोपमा एक आरोपी पक्राउ

काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो। क्यापछाकीविरुद्ध प्रहरीले ज्यान मुद्दामा अनुसन्धान थालेको छ।
प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या आरोपमा एक आरोपी पक्राउ

काठमाडौं, असोज ७ : जेनजीको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जना आरोपीलाई पक्राउ गरिएको छ। 

काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो। क्यापछाकीविरुद्ध प्रहरीले ज्यान मुद्दामा अनुसन्धान थालेको छ।

गत भदौ २४ गतेप्रदर्शनमा उत्रिएको एक समूहले महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए। 

प्रहरीलाई प्राप्त भएका तस्बिर तथा भिडियोका आधारमा क्याप्छाकी पक्राउ परेका हुन् । जेनजी आन्दोलनकाक्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १९ जना युवाको मृत्यु भएको थियो। 

भदौ २४ गते देशभर आगजनी, लटुपाट, तोडफोडसँगै हत्या भएको थियो। 
 
प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्