Kathmandu Press

निर्वाचन तयारीबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोग पदाधिकारी छलफलमा

निर्वाचन तयारीबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोग पदाधिकारी छलफलमा

काठमाडौं, असोज ७ : निर्वाचनको तयारीलाई लिएर अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका आयुक्तहरूसँग मंगलबार छलफल गरेका छन्। 

आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तयारीका लागि प्रधानमन्त्री कार्की र अर्यालले आवश्यक सामाग्री, बजेट र मतदाता नामावलीको विषयमा आयोगसँग छलफल गरेका हुन्। 

Hardik ivf

छलफलमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू, सचिवलगायत सहभागी छन्। 

अहिले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा छलफल जारी छ। निर्वाचन तयारीका लागि नामावली संकलन गर्न आवश्यक अध्यादेशको मस्यौदा माथिसमेत छलफल भएको जनाइएको छ। 

आगामी मन्त्रिपरिषद् बैठकबाट अध्यादेश स्वीकृत गर्ने तयारी भइरहेको छ। नयाँ पुस्ताका मतदाताले मत हाल्न पाउने व्यवस्था सुनिश्चित गर्न नयाँ मतदाता नामावली संकलन सुरू गर्ने तयारी भएको हो। 

मौजुदा निर्वाचन कानुनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम समावेश गर्न नपाउने व्यवस्था गरेको सन्दर्भमा गाँठो फुकाउने तयारी समेत भइरहेको छ।
 

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, असोज ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्