सरकारले गठन गर्यो विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त
काठमाडौं, मंसिर १५ : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ।सञ्चार तथा...
काठमाडौं, मंसिर १५ : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन, पत्रकार शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो। बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ।
मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए। बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ। रासस
प्रकाशित मिति: २२:५९ बजे, सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
