Kathmandu Press

मितेरी सहकारीका अध्यक्ष गुरुङसँग अदालतले माग्यो ३५ लाख धरौटी 

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले भदौ १ गते मितेरी सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङसहित आठ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो। 
मितेरी सहकारीका अध्यक्ष गुरुङसँग अदालतले माग्यो ३५ लाख धरौटी 

काठमाडौं, भदौ १९ : ललितपुर जिल्ला अदालतले मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरूङलाई ३५ लाख धरौटी मागेको छ।

न्यायाधीश निर्मला योङ्याको इजलासले गुरूङसँग ३५ लाख धरौटी माग गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले भदौ १ गते मितेरी सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङसहित आठ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो। 

अदालतबाट यसअघि अभियुक्तमध्ये ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। अर्का अभियुक्त सुरेश अधिकारी भने ७ लाख धरौटीमा छुटेका थिए।

अभियुक्तमध्ये ज्योति गुरूङ, विजयकुमार राई, प्रदिप भन्ने प्रितम अधिकारी र अर्जुन अराम फरार छन्। अध्यक्ष कुम्भराज गुरुङ अदालतले जारी गरेको पुर्जी अनुरुप आफै अदालतमा हाजिर भएका हुन्। 

मितेरी सहकारीको ठगीमात्रै १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै, हुण्डी कारोबारतर्फ ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ बिगो दाबी छ। 

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, भदौ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्