Kathmandu Press

नेपाल र बंगलादेशबीचको खेलको टिकट ५ सय र १ हजार रूपैयाँ 

दुवै खेलको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडीले गर्ने छ। 
नेपाल र बंगलादेशबीचको खेलको टिकट ५ सय र १ हजार रूपैयाँ 

काठमाडौं, भदौ १९ : नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छन्। 

खेल आगामी शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेल  साँझ ५ः३० बजे सुरू हुने अखिल नेपाल फुटबल संघ –एन्फा)ले जनाएको छ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर खेल्को सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

एन्फाले खेलको टिकट दर पनि निर्धारण गरेको छ। एन्फाले भिआइपी पारापिटका लागि एक हजार र सामान्य पारापिटका लागि ५ सय रुपैयाँ टिकट दर तोकेको छ। 

सामान्यतर्फ ९ हजार र भिआईपीतर्फ  एक हजार टिकट बिक्री गरिनेछ। टिकट खल्ती वालेटमार्फत काट्न सकिनेछ। 

दुवै खेलको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडीले गर्ने छ। 

खेलका दिन दशरथ रंगशालाका सम्पूर्ण गेटहरू खुला राखिनेछ भने दर्शकहरूले आफ्नो टिकटमा उल्लेख गरिएको गेटबाट प्रवेश गरी तोकिएको सिटमा बस्नुपर्ने एन्फाले पत्रकार सम्मेलनमा जानकारी दियो। 

दवै खेलको समग्र नतिजाका आधारमा विजेता टोलीलाई ट्रफी र पदक प्रदान गर्ने एन्फको तयारी छ। यदि दुवै खेलको नतिजा बराबरीमा भए पेनाल्टी सुटआउटमार्फत विजेता निर्धारण गरिने एन्फाले जनाएको छ। 

प्रतियोगिताको अनुमानित खर्च१ करोड २७ लाख ५८ हजार १ सय ६८ रुपैयाँ रहेको एन्फाले जनाएको छ। 
 

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, भदौ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्