अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण
अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ।काठमाडौं, भदौ १९ : वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ।
बिहीबार सानाे गौचरनस्थित मध्य एयर वेशमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रकहरू हस्तान्तरण गरेका हुन्।
अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ।
परराष्ट्रमन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन्।
सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसनले हस्तान्तरण गरिएका दुईवटा स्काई ट्रकहरूले दुई देश बिच रहँदै आएको मैत्रिपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको भन्दै निकट भविष्यमा सहयोग स्वरूप थप २ (दुई) वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत बताए।
कार्यक्रममा बलाधिकृत, अमेरिकी विदेशी सैन्य वित्तपोषण का प्रमुख उपनिर्देशक रथीबृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरूलगायत अमेरिकी राजदूतावासका सैनिक सहचारी तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।












-ink-1744291933.jpeg)