मेटा सञ्चार मन्त्रालयको सम्पर्कमा आयो
मेटाले मन्त्रालयसँग विहीबार सोधपुछ गर्दै सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा सोधपुछ गरेको छ। मेटाले मन्त्रालयलाई इमेल लेखेर सूचीकरणका लागि चासो व्यक्त गरेको हो।
काठमाडौं, भदौ १९ : फेसबुकको माउ कम्पनी मेटा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सम्पर्कमा आएको छ।
मेटाले मन्त्रालयसँग विहीबार सोधपुछ गर्दै सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा सोधपुछ गरेको छ। मेटाले मन्त्रालयलाई इमेल लेखेर सूचीकरणका लागि चासो व्यक्त गरेको हो।
बिहीबारमात्रै सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउँदै लगिने निर्णय भएको थियो। मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले इमेलमार्फत् प्रक्रियाबारे जानकारी माग गरेको हो। मन्त्रालयले पनि इमेलमार्फत् नै जानकारी पठाएको छ।
यद्यपि, मेटाको केन्द्रीय कार्यालयको आधिकारिक डकुमेन्ट, नेपालको कर कार्यालयमा दर्ता भएको डकुमेन्टसहित इमेलमा सबै विवरण प्राप्त भएर सूचीकरण भए मात्र सरकारले फेसबुक निष्क्रिय नगर्ने बताएको छ।
मेटा आधिकारिक रुपमा सूचीकरणका लागि आएनआइको बिषयमा भने स्पष्ट भइसकेको छैन।











-ink-1744291933.jpeg)
