Kathmandu Press

भारतमा २४ घण्टामा ४४४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ, मंसिर १५ : भारतमा पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १...
भारतमा २४ घण्टामा ४४४ जना कोरोना संक्रमितको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौ, मंसिर १५ : भारतमा पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १७७ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ३२ हजार ३९ पुगेको छ भने संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ४६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्