सिंहदरबार जेनजीकै नियन्त्रणमा
मंगलबार दिउँसो सिंहदरबार प्रवेश गरेर अधिकांश मन्त्रालय र सरकारी कार्यालयहरुमा आगजनी गरेका उनीहरु साँझसम्म सिंहदरबार गेट अगाडि प्रदर्शनमा छन्।-(17)-1757425620.jpg)
काठमाडौं, भदौ २४ : सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरु मंगलबार साँझसम्म पनि सिंहदरबार अगाडि प्रदर्शनरत छन्।
मंगलबार दिउँसो सिंहदरबार प्रवेश गरेर अधिकांश मन्त्रालय र सरकारी कार्यालयहरुमा आगजनी गरेका उनीहरु साँझसम्म सिंहदरबार गेट अगाडि प्रदर्शनमा छन्।
प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका थिए। सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मी नभएको मौकामा उनीहरु भित्र छिरेका थिए।
नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको नियन्त्रणमा छ। तथापि, सेनाले पहरा भने दिइरहेको छ।-(26)-1757425623.jpg)
-(20)-1757425619.jpg)
-(27)-1757425617.jpg)
-(4)-1757425617.jpg)
प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1744291933.jpeg)
