आईतबार, माघ ४, २०७७

बिश्वमा कोरोना : एकैदिनमा १२ हजार वढीको मृत्यु 

काठमाडौं, मंसिर ११ : विश्वभरमा एकै दिन कोरोना संक्रमणबाट १२ हजार वढी संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण तीब्र भएसँगै पछिल्लो २४ घण्टामा १२ हजार भन्दा धेरै संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ ।

एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख २५ हजार ९१४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ७ हजार ३५१ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख ३० हजार २९२ पुगेको छ ।

यसमध्ये १ लाख ३ हजार ५३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ७ लाख ४ हजार १९५ पुगेको छ ।

त्यसमध्ये ४ करोड १९ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

 Published Date: Thursday, 26th November 2020 2:19:00 pm