Kathmandu Press

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाउन समय लाग्ने भाएकाले सडक आज खुल्ने सम्भावना कम देखिएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयले जनाएको छ।
नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

काठमाडौं, असोज ७ : नागढुंगा–मुग्लिन सडक खण्ड आज खुल्ने सम्भावना कम भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाउन समय लाग्ने भाएकाले सडक आज खुल्ने सम्भावना कम देखिएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयले जनाएको छ। 

चितवन र धादिङको सिमाना नजिक बाँदरेमोड भन्ने स्थानमा सुरुमा राति साढे १० बजेतिर पहिरो खसेको थियो। राति नै पहिरो पन्छाएर ११ बजेतिर एकतर्फी खुलाइएको थियो। तर साढे ११ बजेतिर पुनः पहिरो खसेको थियो। पहिरो पन्छाउन थालेपछि पुनः बिहान ५ बजे झन् ठूलो पहिरो खसेको थियो।

हाल तीवटा साना मेसिन पहिरो पन्छाउन परिचालन गरिएको छ। अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न सकिएको छैन।

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्