Kathmandu Press

कोरोना कहरकैबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिदैँ

काठमाडौ, कात्तिक ३ : कोरोना भाइरस महामारीका बीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिने भएको छ ।पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चल लगायतका...
कोरोना कहरकैबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिदैँ
Hardik ivfHardik ivf

काठमाडौ, कात्तिक ३ : कोरोना भाइरस महामारीका बीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिने भएको छ ।

पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चल लगायतका केही प्रदेशमा कोरोना महामारीले ७ महिनाअघि बन्द गरिएका विद्यालय तथा रेल सेवा आज सुरू गर्न लागिएको हो । मुम्बईमा बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल सञ्चालनको अनुमति दिइएको छ । तर, यात्रुले अनिवार्य स्वास्थ्य मापदण्डका नियमहरू पालना गर्नुपर्नु छ ।

स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित विद्यालयहरू पनि खुल्न लागेका छन् । उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइए पनि विद्यार्थीहरुलाई विद्यालय जानै पर्ने अनिवार्य गरिएको छैन ।

पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ । सिक्किममा पनि आजैबाट पठनपाठन थालिने भएको छ ।

प्रकाशित मिति: १३:४१ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्