Kathmandu Press

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख वढी 

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख वढी 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १ : विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ९५ लाख ७३  हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् । यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ । 

प्रकाशित मिति: १४:४६ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्