Kathmandu Press

कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो 

कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो 
Hardik ivfHardik ivf

काठमाडौं, असोज ३० : विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको हो ।

यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर करिब ४ लाख नयाँ संक्रमित भएका छन् ।

यो सँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ । संक्रमितमध्ये २ करोड ९३ लाख ६२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख नाघेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख  ६५ हजार नाघेको छ ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ७० हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्