Kathmandu Press

नेप्सेमा झिनो गिरावट

काठमाडौं, असोज १२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४...
नेप्सेमा झिनो गिरावट

काठमाडौं, असोज १२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४ दशमलव ७३ विन्दुले ओरालो लागेर एक हजार ५६० दशमलव ८३ मा पुगेको छ। 

यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ८७ ले वृद्धि भई ३०९ दशमलव ६० मा पुगेको छ। कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ रुपैयाँ बराबरमा कारोबार भएको छ। 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ। विकास बैंक २ दशमलव २४ र वित्त ११ दशमलव ४१ ले वृद्धि हुँदा बैंकिङ ४ दशमलव ०३, व्यापार १४ दशमलव ६९, होटल १९ दशमलव ३९, जलविद्युत् २ दशमलव ९१, निर्जीवन बीमा ४९ दशमलव ८३, उत्पादन १९ दशमलव ६४, अन्य ० दशमलव १, लघुवित्त ७ दशमलव ६१, जीवन बीमा ५२ दशमलव ९१ र सामूहिक लगानी कोष ० दशमलव ०५ ले ओरालो लागेको छ। 

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको नौ करोड ३२ लाख ६३ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भयो। 

यस्तै नेपाल पुनर्बीमा कम्पनी ६ करोड ४० लाख ३३ हजार ४४५ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर कम्पनी पाँच करोड ९५ लाख ६३ हजार ८०५ रुपैयाँ, प्रभु बैंक पाँच करोड २७ लाख आठ हजार ५२६ रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्स कम्पनी चार करोड ९९ लाख चार हजार ४५९ रुपैयाँ र कुमारी बैंक चार करोड ८३ लाख २० हजार ३४९ रुपौयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

त्यस्तै कारोबारका आधारमा आज नेपाल फाइनान्स ९ दशमलव ६३, सेन्ट्रल फाइनान्स कम्पनी ८ दशमलव ११, रिलायन्स फाइनान्स लिमिटेड ७ दशमलव ६४, सपोर्ट लघुवित्त ५ दशमलव ११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ४ दशमलव ३१ प्रतिशतले कमाए। पाँचथर पावर कम्पनी ५ दशमलव १७, गुर्खाज फाइनान्स ४ दशमलव ८३, दिव्यश्वरी हाइड्रो पावर ४ दशमलव ३५, आँखु खोला जलविद्युत् कम्पनी ३ दशमलव ८१ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतले गुमाए।

प्रकाशित मिति: २३:५५ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्