Kathmandu Press

विश्वभर एकैदिन थपिए ३ लाख १७ हजार बढी संक्रमित

काठमाडौँ, असोज १० : विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ९८८ पुगेको छ ।बितेको २४ घण्टामा ३ लाख...
विश्वभर एकैदिन थपिए ३ लाख १७ हजार बढी संक्रमित
Hardik ivfHardik ivf

काठमाडौँ, असोज १० : विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ९८८ पुगेको छ ।

बितेको २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् । शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९३ हजार ४३५ पुगेको छ । एकैदिन ५ हजार ८०८ संक्रमित थपिएका छन् ।

अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय संक्रमण रहेका छन् । संक्रमितमध्ये ६३ हजार ७१७ को अवस्था गम्भीर छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ । अहिलेसम्म २ लाख ८ हजार ४४०ले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमित भारतमा अहिलेसम्म ५९ लाख १ हजार ५७१ पुगेको छ।

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्