Kathmandu Press

बागमतीको विवाद मिलाउने जिम्मा राजेन्द्र केसीलाई 

केन्द्रीय सदस्य केसीले शुरुमा दुवै पक्षलाई एक ठाउँमा बस्न सहजीकरण गर्ने र पार्टीभित्रको विवाद समझदारीमै मिलाउन आग्रह गर्ने, यदी सहमति नभए प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन्। 
बागमतीको विवाद मिलाउने जिम्मा राजेन्द्र केसीलाई 

काठमाडौं, साउन ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बगमती प्रदेश संसदीय दलमा देखिएको विवाद सहजीकरणका लागि केन्द्रीय सदस्य राजेन्द्र केसीलाई खटाएका छन्। 

आफुलाई विवाद सुल्झाउन प्रतिनिधि तोकेपछि केसी हेटौँडा तर्फ लागेका छन्। वाग्मती प्रदेशसभामा कांग्रेस संसदीय दलभित्र मुख्यमन्त्री फर्ने बिषयमा आन्तरिक विवाद बढेको छ। 

नेता केसीलाई सहजीकरणका लागि खटाइएको हो। केन्द्रीय सदस्य केसीले शुरुमा दुवै पक्षलाई एक ठाउँमा बस्न सहजीकरण गर्ने र पार्टीभित्रको विवाद समझदारीमै मिलाउन आग्रह गर्ने, यदी सहमति नभए प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन्। 

बागमतीका मुख्य मन्त्री रहेका बहादु सिंह लामालाई हटाउन २१ जना कांग्रेस सांसदले हस्ताक्षर गरेपछि आन्तरिक विवाद बढेको छ । 
 

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्