Kathmandu Press

अख्तियार प्रमुख राईलाई महाभियोग लगाउन सांसद पन्तको माग 

मुलुकमा सुशासनको अभाव रहेको बताउँदै सांसद पन्तले वाइडवडी विवादमा मुछिएका राईविरुद्ध महाभियोग लगाउनुपर्ने भनाई राखेकी हुन्। 
अख्तियार प्रमुख राईलाई महाभियोग लगाउन सांसद पन्तको माग 

काठमाडौं, साउन ११ : नेपाली काँग्रेसकी सांसद कमला पन्तले राष्ट्रियसभा बैठकमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउन माग गरेकी छन्। 

मुलुकमा सुशासनको अभाव रहेको बताउँदै सांसद पन्तले वाइडवडी विवादमा मुछिएका राईविरुद्ध महाभियोग लगाउनुपर्ने भनाई राखेकी हुन्। 

उनले राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको पनि बताइन्। सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको समेत बताइन्। 

सांसद पन्तले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा सचिवको हैषियतमा प्रमुख आयुक्त प्रेमकुमार राई संलग्न रहे पनि मुद्दा नचलाइएकोमा विशेष अदालतले प्रश्न उठाएपछि महाअभियोग लगाउनुपर्ने माग गरेकी हुन्।
 
प्रकाशित मिति: १७:११ बजे, आइतबार, साउन ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्