कोरोना कहर : विश्वमा ३ करोड १७ लाख वढी संक्रमित
काठमाडौं, असोज ७ : विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार...
काठमाडौं, असोज ७ : विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ६०५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ । एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बुधबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ ।
प्रकाशित मिति: १३:४५ बजे, बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार