Kathmandu Press

सन् २०२१ सम्ममा पाकिस्तानमा आर्थिक सुधारको अपेक्षा : एडीबी

इस्लामावाद, भदौ ३० : पाकिस्तानमा सन् २०२० जुलाई १ पछिको एक वर्षको समयमा व्यापक आर्थिक सुधार आउने प्रक्षेपण एशियाली विकास बैंक (एडिबी) ले...
सन् २०२१ सम्ममा पाकिस्तानमा आर्थिक सुधारको अपेक्षा : एडीबी

इस्लामावाद, भदौ ३० : पाकिस्तानमा सन् २०२० जुलाई १ पछिको एक वर्षको समयमा व्यापक आर्थिक सुधार आउने प्रक्षेपण एशियाली विकास बैंक (एडिबी) ले गरेको छ। 

महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा एडीबीको मंगलबार सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ। 

Hardik ivf

‘पाकिस्तानले कोभिड–१९ द्वारा सिर्जना गरेको स्वास्थ्य र आर्थिक क्षेत्रको दोहोरो चुनौतीलाई समेट्न उल्लेखनीय सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ,’ पाकिस्तानका लागि एडीबीका निर्देशक याङग सियाओङले भने। ‘कोरोना संक्रमणको दरमा विस्तारै कमी आएको र व्यवसायिक गतिविधि फेरि सुरु भएका कारण अर्थव्यवस्थामा सुधारको संकेत देखिएको छ।’ 

एसियाली विकास समीक्षामा एडीबीले सन् २०२० मा पाकिस्तानका लागि ० दशमलव ४ वृद्धिदरको पूर्वानुमान गरेको थियो तर सन् २०२१ का लागि यसमा परिमार्जन गर्दै २ दशमलव ० प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेको छ। सामान्य अवस्थामा यस वर्षको अप्रिलसम्मका लागि एडीबीले पाकिस्तानले २ दशमलव ६ प्रतिशत र अर्को वर्ष ३ दशमलव २ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो। तर कोरोना भाइरसका कारण विश्वव्यापी व्यवसायिक गतिविधिमा प्रभाव परेको र पाकिस्तान पनि यसबाट अछुतोे नरहने बैंकको समीक्षाले देखाएको छ।

रिपोर्टमा भनिएको छ, ‘कोभिड–१९ ले सन् २०२० मा पाकिस्तानको आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ। आर्थिक वर्ष २०२० को पहिलो छ महिनामा प्राप्त लाभहरू महामारीका कारण प्रभावशून्य भएका छन्। विदेशी पर्यटकलाई यात्रामा रोक तथा सङ्क्रमण नियन्त्रणका लागि व्यवसायहरूलाई बन्द गर्नुपर्ने अवस्थाका कारण नियमित माग र आपूर्तिमा प्रभाव आएको बताइएको छ।

खाद्यान्नको मूल्यवृद्धिले मुद्रास्फीति आर्थिक वर्ष २०१९ मा ६ दशमलव ८ रहेकोमा २०२० मा करिब चार प्रतिशतले वृद्धि भई १० दशमलव ७ पुगेको थियो तर आर्थिक वर्ष २०२१ मा ७ दशमलव ५ प्रतिशत कायम रहने उल्लेख गरिएको छ। 

महामारी नियन्त्रणमा समय लाग्नु, तेलको मूल्य कम हुनु र स्थानीय मुद्रा अवमूल्यनका कारण व्यापारिक वस्तुको आयातमा निकै गिरावट आएको थियो। 

प्रकाशित मिति: १९:१९ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्