Kathmandu Press

सामाजिक सञ्जाल किन चलाउने ?

म सानैदेखि समाचार पढ्न मन पराउँथेँ। बिहान उठेर पत्रपत्रिका पढ्ने मेरो सानैदेखिको बानी हो। तर आजभोलि डिजिटल प्लेटफर्मब

 सामाजिक सञ्जाल किन चलाउने ?

म सानैदेखि समाचार पढ्न मन पराउँथेँ। बिहान उठेर पत्रपत्रिका पढ्ने मेरो सानैदेखिको बानी हो। तर आजभोलि डिजिटल प्लेटफर्मबाट समाचारमा बढी अपडेट हुन थालेको छु। डिजिटल मिडियामार्फत सामाजिक संजालमा सेयर भएका समाचार र सूचना प्रविधिलगायतको विषयमा जानकारी लिने गरेको छु।

मेरो अनुभवमा आजभोलि भड्किला हेडिङ राखेर समाचार पोस्ट गर्नेको होड लागेको छ। समाचारमा भिओर्स बढाउन गरिने यस्ता कार्यले समाचारको विश्वसनियता भने घट्दै गएको जस्तो मलाई लाग्छ। समाचारमा मात्र नभएर विभिन्न फेसबुक पेजहरुले लाइक, सेयर बढाउन फेक पोस्ट गरिरहेको देखिन्छ।

यस्ता फेक न्यूज र पोस्टबाट बच्न पनि सकिन्छ। समाचारको हेडिङ पढेर नै समाचार सही हो वा गलत हो, अनुमान गर्न सकिन्छ। शीर्षकको साथै न्यूज कुन पोर्टलबाट सेयर भइरहेको छ भनेर पनि फेक सूचना हो कि होइन छान्न सकिन्छ।

मलाई सामाजिक सञ्जालमा अपडेट हुन, अन्तरक्रिया गर्न मन पर्छ। अहिलेको डिजिटल दुनियाँमा यसले दैनिक काम काजमा धेरै सहज बनाउँछ। अरुको पोस्ट हेर्न बढी रुचाउने भएकाले म आफु भने धेरै कुराहरु शेयर गर्दिन। कुनै एकदमै मन परेको र जनहितमा जारी पोस्ट छन भनेमात्र सेयर गर्ने गरेको छु। हाल व्यक्तिगत काममा व्यस्त भएको कारण पनि मेरो सामाजिक संजालमा सक्रियता घटेको छ।

ट्वीटरबाट सुरू भएको मेरो सामाजिक संजालको यात्रा फेसबुक हुँदै अहिले इन्स्टाग्राममा बढि अल्मलिन्छु। अहिले मेरो प्राथमिकतामा इन्स्टाग्राम छ।

पहिले चिठ्ठीमा लेखेर आउने गरेका सुझाव वा कुनै प्रस्तावहरु अहिले सामाजिक संजालमार्फत आउने गरेको छ। सामाजिक संजालले मानिसको निकटता बढाएको छ। प्रस्ताव गर्ने प्रोसेसलाई सहज र सस्तो बनाएको छ। त्यसैले त सामाजिक संजालमार्फत प्रशंसा र गाली दुवै आउँछ।

मेरो पोस्टमा राम्रो र नराम्रो कमेन्ट गर्ने दुवै किसिमका मानिस भेटिन्छन्। म सामान्यतया दुवै किसिमका मान्छेलाई त्यती वास्ता गर्दिन। उनीहरु कुन सोसाइटी? कस्तो परिवारका व्यक्ति हुन भन्ने कुरा पोस्टमा आएको कमेन्ट र म्यासेजबाटै प्रस्ट झल्कन्छ। मेरो पोस्टमा त्यती नराम्रो कमेन्टहरु त आउँदैन, तर पनि कोही फेक आइडी बनाएर रिस पोख्न खोज्ने पनि छन। र, त्यो म थाहा पाईहाल्छु।

मसँग रिस उठेको मान्छेले मलाई चोट पु¥याउन विभिन्न कमेन्ट गरेको हुन्छ। तर, त्यो कुराले मलाई कुनै नोक्सान पार्दैन। किनकि, मलाई कसैले नराम्रो भन्दैमा चित्त दुख्दैन। जसले आफ्नो फोटो र नामसमेत खुलाएर गाली गर्न सक्दैन, म त्यसको पछि लाग्दिन्।

चाहे नेगेटिभ कमेन्ट होस वा पोजेटिभ, कमसेकम उनीहरु मेरो पोस्टमा संलग्न त छन् भन्ने लाग्छ र सकरात्मक रुपमै लिन्छु।

म कर्ममा विश्वास गर्ने मान्छे हुँ। म के गरिरहेको छु र के गर्नुपर्छ भन्नेमा प्रस्ट पनि छु। त्यसैले मलाई कसैको गालीले केही प्रभाव पार्दैन भने वा मैले त्यो कुरा लिइन भने त्यो विषय जसले सुरुआत गर्छ, उसैकोमा फर्कन्छ। मलाई चित्त दुखाउन गरिने कामले मेरो चित्त दुख्दैन भने हार त त्यही मान्छेको भयो नी।

म मेरो सोसल साइट आफै चलाउने भएकोले पोस्टमा आएका कमेन्टहरु प्राय सबै हेरेको हुन्छु। कतिलाई रिप्लाइ पनि दिन्छु। कमेन्टहरु धेरै हुने भएकाले प्रत्येकलाई रिप्लाइ दिन चाँही गाह्रो हुन्छ।

मेरो पेजमा अरुलाई पोस्ट गर्न लाउनु भनेको दर्शकप्रति मेरो दादागिरी हो जस्तो लाग्छ। मेरा दर्शकहरु मप्रति नेगेटिभ हुन वा पोजेटिभ हुन्, डाइरेक्ट मसँग कनेक्ट हुनुपर्छ भन्ने मेरो मान्यता हो।

सोसल साईट र मेरो करियर

म कलाकारिता जगतमा प्रवेश गरेको समयमा मोबाइल फोन थिएन। सोसल साइट त धेरैपछिको कुरा भयो।

२०५७/५८ सालतिर सञ्चारमाध्ययमको रुपमा रेडियो, टिभी र लाइनको फोन थियो। गाउँमा खबर पठाउनु पर्दा चिठ्ठी पत्र नै चल्थ्यो। त्यस्तो समयमा पनि म हरेका ठाउँमा, हरेक गाउँमा परिचित हुन सफल भए। जबकी न सोसल मिडिया थियो, नत मोबाइल थियो।

अहिले मेरो जीवनमा सोसल मिडियाले केही हदसम्म ग्लोबलाइज हुन सहयोग त गरेको छ। सूचनाको आदनप्रदान गर्न सहयोग पक्कै गरेको छ। तर, यसले मेरो करियर बुस्ट गर्छ जस्तौ चाँही मलाई लाग्दैन। म डिजिटल युगमा यो क्षेत्रमा प्रवेश गरेको केटी होइन। म एनलग दुनियाँको केटी हुँ।

अहिलेको डिजिटल समयमा सोसल मिडियाले काममा धेरै सहज त बनाएको छ। तर भ्यालु पनि कम बनाएको छ।

अहिले सामाजिक सञ्जाल एक अर्कालाई सटायर हान्ने ठाउँ भएको छ। दुनियाँलाई गाली गर्ने ठाउँ बनेको छ। त्यतिनै रिस उठेको छ भने फाइट खेले भइहाल्यो नी किन सामाजिक संजालमा देखाउनु पर्यो। यस्ता कुराले मानिसलाई असमाजिकता तर्फ धकेलिरहेको छ। यसको दुरुपयोग गर्दै, फेसबुकमा लेख्दिम? भनेर धम्क्याएको सम्म सुनिन्छ।

सामाजिक संजाल प्रयोगकर्ताकहरुको लागि पाठशालाजस्तो हुनुपर्छ भन्ने मेरो मान्यता हो। केही नयाँ र राम्रो कुरा सेयर गरेमा सबैले थाहा पाउँछन्, त्यो राम्रो पक्ष हो। तर, यसकै दुरुपयोगले विभिन्न आपराधिक घटनासमेत हुने गरेको समाचार हेर्न सुन्नमा आउछ।

अझै सामाजिक संजालको प्रभाव अहिलेका टिनएजरमा बढी देखिन्छ। बिहान उठेदेखि बेलुकासम्म उनीहरु त्यही अपडेट भइरहेका हुन्छन्। विभिन्न चाडपर्व, मेला उत्सवका नयाँ फोटोहरु सामाजिक संजालमार्फल सार्वजनिक गर्न नपाए आफुलाई समाजभन्दा बाहिरका ठान्ने मानिसहरु छन् समाजमा।  

धेरैको जोडी सामाजिक संजालमार्फल बनेको पनि सुनिएको छ। त्यो राम्रो कुरा हो। तर, यस्ता कुराहरुले मेरो लाइफमा मेरो करियरमा अब कुनै परिर्वतन ल्याउछ जस्तो मलाई लाग्दैन। आफु टिनएजदेखिनै करियरमा व्यस्त भएको कारण यस्ता कुराले मेरो जीवनमा कुनै महत्व राखेन।

अहिलेका मानिसहरु सेलिब्रेसनको मौका खोजिरहेका हुन्छन्। व्यस्त जीवनबाट केही समय आराम र खुशी त जो कोही पनि चाहन्छ, तर अहिले नयाँ वर्षदेखि लिएर भ्यालेन्टाईन डेसम्म सेलिब्रेट गर्न थालिएको छ। सायद यो सोसल हुनकै लागि होला।

महत्व हराएको ‘भ्यालेनटाईन डे’

भ्यालेनटाईन डे मेरो लागि त्यति महत्वपूर्ण दिन कहिल्यैै बन्न सकेन। म प्रायः कार्यक्रममानै व्यस्त हुन्छु। टिनएनदेखिनै करियरमा व्यक्त भएको कारण यसमा संलग्न हुन पाइन। अनि हिजो आजको सम्बन्धमा त म प्रेम नै देख्दिन्। प्रेमको लागि त शुद्ध मन चाहिन्छ, बरदान चाहिन्छ, आशिर्वाद चाहिन्छ।

अहिलेको प्रेम सबै आकर्षण र फेसन मात्र हो। दुई दिन चल्छ तेस्रोदिन ब्रेकअप हुन्छ। भ्यालेन्टाईन डेलाई प्रेमदिवस भन्दा पनि अहिलेको समयमा आकर्षण दिवस भन्दा ठिक होला।

तपाई हामीले यो जुनीमा साँचो प्रेम पाउन त तपस्या नै गर्नुपर्छ। अहिले साँचो प्रेम त कसैले पनि गरेको देखिँदैन र गर्न पनि सक्दैनन्।

म अहिले प्रेम प्रस्ताव आउने लेभलमा नभएको कारण पनि होला यो सब फेसनमात्र हो जस्तो लाग्छ। साँचो प्रेम गर्न भ्यालेन्टाईन डे आउनुपर्छ भन्ने छैन। यो एउटा ट्रेन्ड न हो। मानिसलाई सेलिब्रेट गर्न मन लाग्छ, खुशी हुन मन लाग्छ, सेलिबेट गर्छन, खुशी हुन्छन्। यो मेरो चाँही कल्चर होइन्।

प्रकाशित मिति: १३:१९ बजे, शनिबार, फागुन ३, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्