Kathmandu Press

‘यात्रै यात्राको वर्ष बन्यो–२०२४’ 

“आकाश छेड, भुइँ नछोड” भन्ने नेपाली उखान मलाई असाध्यै मनपर्छ र व्यवहारमा पनि उतार्ने प्रयत्न गरिरहेको हुन्छु । यस वर्षका अनुभवहरू मेरो सोच र दृष्टिकोणलाई फराकिलो बनाउने कडी बन्नुका साथै सिकाइ र आत्म–आविष्कारको यो वर्ष जीवनकै उत्कृष्ट बन्नपुग्यो ।
‘यात्रै यात्राको वर्ष बन्यो–२०२४’ 

बाल्यकालदेखि नै नयाँ ठाउँ घुम्ने सपना बुनेको थिए । त्यो सपनाको सन् २०२४ मा केही हदसम्म भएपनि पूरा भयो । मेरो उमेरको पच्चिसौं वर्ष यसरी यात्राको वर्ष हुनु मेरा लागि एकदमै विशेष थियो । यो वर्ष केवल स्थानहरूको हिसाबले मात्र नभई अनुभव र सिकाइको दृष्टिले पनि महत्वपूर्ण बन्न पुगिदियो । 

नेपालका ६ प्रदेश

पहिला देश अनि विदेश” भन्ने भनाइलाई आत्मसात गर्दै आफ्नो देशका भु-भाग डुलिरहेको मैले यस वर्ष नेपालका ६ प्रदेशमा यात्रा गर्ने अवसर पाएँ । प्रकृति, हिमाल, र भौगोलिक विविधताको नजिक पुग्न असाध्यै रुचाउने मेरो चाहना प्रदेश युवा सम्मेलन (२०२४ ले पूरा गरिदियो । नेपाल युवा परिषद्को आयोजनामा सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने क्रममा देशका विभिन्न रमणीय ठाउँको भ्रमण गर्ने अवसर प्राप्त भएको हो । 

Hardik ivf

बागमती प्रदेश चितवनको माडी पुग्दा आफ्नै प्रदेश भएपनि त्यहाँको वातावरण र प्राकृतिक सुन्दरता मलाई नयाँ अनुभवजस्तै लाग्यो । लुम्बिनी प्रदेशमा नेपालगञ्ज भ्रमण गरें, जुन मेरो लागि नयाँ गन्तव्य थियो ।  कर्णाली प्रदेशमा पहिलो पटक पुगेको मलाई सुर्खेतको काक्रेबिहार र त्यहाँको प्राकृतिक सौन्दर्यले लोभ्यायो । 

कोशी प्रदेशको विराटनगर र इलामको भ्रमण पनि गरेँ । पर्यटकको रोजाईमा पर्ने इलाम हुँदै श्रीअन्तु पुग्दा त्यहाँको चिया बगान र सूर्योदयको दृश्य हेर्दा यो अनुभव स्वर्गीय लागेको थियो । नेपालकै पर्यटकीय राजधानी पोखरामा थकान मेट्नका लागि लेकसाइडको चहलपहलमा डुब्नु जति आनन्ददायी अनुभव अरू बिरलै पाइन्छ।

व्यक्तिगत कारणले सुदूरपश्चिम प्रदेश पुग्न नसके पनि मधेस प्रदेशका बारा, पर्सा, रौतहट र वीरगञ्जमा पुगेर त्यहाँको भौगोलिक र सांस्कृतिक विविधता नजिकबाट हेर्ने अवसर पाएको थिएँ। यसरी ६ वटा प्रदेशको भ्रमण यसबर्ष सम्भव भयो, जसले मलाई मेरो देशलाई अझै राम्रोसँग बुझ्न सघाउ पुर्‍यायो । 

ac02f3b9-6247-4969-8e60-0e2364185dfc-1735453318.jpeg
 

थाइल्याण्डमा १ हप्ता

भारत पछिको मेरा लागि विदेशको पहिलो यात्रा थाइल्याण्ड बन्न पुग्यो। ‘ग्लोबल युथ पार्लियामेन्ट’ को कार्यक्रममा सहभागी हुन मैले थाइल्याण्डको यात्रा गर्ने अवसर पाएँ । युवा र बालबालिकाका क्षेत्रमा सामाजिक कामप्रतिको रुचि राख्ने मलाई ‘द योङ अचिभर्स अवार्ड २०२४’ बाट सम्मानित हुन पाउनु अर्को गौरबको विषय थियो । 

बैङ्कक र को सामेद टापुको भ्रमण रमाइलो मात्र नभई प्रेरणादायी पनि रह्यो । कार्यक्रमकै क्रममा अन्तर्राष्ट्रिय स्तरमा भएका गतिविधिहरूको अनुभव गर्न पाउँदा मलाई धेरै कुरा सिक्ने मौका मिल्यो । विश्वभरका पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य थाइल्यान्डको शहरी सौन्दर्य र समुद्र किनारमा समय बिताउन पाउँदा यो यात्रा अविस्मरणीय बन्यो।

युरोपका ५ देशमा १८ दिन

युरोप भ्रमण प्रायः सबै नेपालीको रोजाईको गन्तव्य हो । इतिहास, सभ्यता, र विकासको स्रोत मानिएको युरोपमा पहिलो पटक पाइला टेक्दा मैले सपनाको संसारमा पाइला राखेझैं महसुस गरें । नेपाल युवा परिषद्को प्रतिनिधित्व गर्दै ुफ्युचर प्रुफ मास्टरपिस बुटक्याम्पु कार्यक्रममा सहभागिताका लागि म रोमानिया जाने तय भएको थियो।

नेदरल्यान्ड: पहिलो युरोपेली अनुभव

नेदरल्यान्ड मेरो पहिलो युरोपेली देश रह्यो । नेपाल बाट रोमानियाको भिसा प्रक्रिया गर्ने माध्यम नभएकाले पनि मैले नेदरल्याण्डको भिसा लिएँ । आम्स्टर्डाम पुग्दा आधुनिकता र इतिहासको संयोजनले मोहित गरायो । पहिलो रात होटल बुक गर्न नजान्दा महँगो मूल्यमा डर्मिटोरीमा बसेको अनुभव सधैं सम्झन्छु ।  आम्स्टर्डामको व्यवस्थित ट्राम, मेट्रो, र साइकलको चहलपहलले सहरको सुन्दरता झल्काउँथ्यो ।

IMG_1118-1735453518.jpeg
 

रोमानिया: संस्कृतिको संगम

रोमानियाको ३ दिनको कार्यक्रममा ४०ं  देशका ७०ं प्रतिनिधिहरूसँग भेटघाट र विचार आदानप्रदान भयो। आफुले युवाका क्षेत्रमा गर्दै आएका कामहरु विदेशी साथीहरुलाई आदानप्रदान गर्न पाउनु मेरा लागि विशेष अवसर थियो। त्यहाँको सांस्कृतिक प्रदर्शन र नेपाली कामदारहरूसँगको भेट रमाइलो लाग्नुका साथै अपनत्वको बोध भएको थियो।

बेल्जियम: शान्त र हरियाली सहर

ब्रसल्सको हरियाली र सफाइले मलाई मोहित बनायो। एक बेल्जियम नागरिक गुइडो रिईसौ ले चिडियाखानाको पास उपहार दिएपछि मैले बेल्जियमको यान्ट्वेर्पमा अवस्थित प्रसिद्ध चिडियाखाना घुम्ने अवसर पाएँ। यान्ट्वेर्पमा प्लस टु पढ्दाकि  बहिनी बिनिसा राय र उनको परिवारसँगको भेट र नेपाली खानाको स्वाद विदेशमा पनि आफ्नोपनको झल्को दिन्थ्यो।

फ्रान्स: सपनाको सहर

प्यारिस, जसलाई “सपना पूरा हुने सहर” भनेर चिनिन्छ। यहाँको आइफेल टावर हेर्दा साँच्चै अद्भुत लाग्यो। आइफेल टावरको दिउँसोको भन्दा पनि रातिको दृश्य हेर्न लायक थियो। लुभ्रे म्युजियम र ऐतिहासिक संरचनाले फ्रान्सलाई झन् आकर्षक बनाएको महसुस भयो।

IMG_3569-1735453518.jpeg
 

स्विजरल्यान्डः प्रकृतिको स्वर्ग

जेनेभा, स्विजरल्यान्डको शान्ति र सुन्दरताले मलाई समग्रतामा अचम्मित बनाउनुका साथसाथै आनन्दित तुल्यायो। यहाँको युएन हाउसको भ्रमण र नेपाली राजदूतसँगको भेटघाटले यात्रा विशेष बनायो। स्विजरल्यान्डको पहाडी सौन्दर्य र व्यवस्थित जीवनशैली हेर्दा यो देश साँचिकै स्वर्गजस्तो लाग्यो। स्विजरल्यान्डको बसाइलाई सरल, सहज र सुन्दर बनाउन अङ्कल गोविन्द र आन्टी मनुको भुमिका विशेष रह्यो।   

आकाश छेड, भुइँ नछोड” भन्ने नेपाली उखान मलाई असाध्यै मनपर्छ र व्यवहारमा पनि उतार्ने प्रयत्न गरिरहेको हुन्छु। यस वर्षका अनुभवहरू मेरो सोच र दृष्टिकोणलाई फराकिलो बनाउने कडी बन्नुका साथै सिकाइ र आत्म-आविष्कारको यो वर्ष जीवनकै उत्कृष्ट बन्नपुग्यो। नयाँ वर्ष अझै विशेष बन्ने अपेक्षा सहित नयाँ वर्षको सम्पूर्णमा शुभकामना।

प्रकाशित मिति: ०७:१८ बजे, सोमबार, पुस १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोहीको ढाडमाथि नौका विहार
गोहीको ढाडमाथि नौका विहार
मेराे नजरमा यज्ञ सर 
मेराे नजरमा यज्ञ सर