भेदभावको कारक वैदिक वर्णव्यवस्था नभइ पश्चिमा ‘प्रोपोगाण्डा’
डिजिटल मनोविज्ञानद्वारा सामाजिक सञ्जालमा युवालाई आफ्नो विज्ञान, आधुनिकता, स्वतन्त्रताको नाममा मूल संस्कृति, परम्परालाई रुढीबादी, हीनताबोध, आत्मग्लानीतर्फ धकेल्दै लगेर पश्चिमी संस्कृति नै सर्वोत्तम हो भन्ने धारणा बसाल्ने क्रियाकलाप तिब्र बन्दै छ।
यतिबेला कतिपय राष्ट्रिय सञ्चार माध्यमका लेख साथै श्रव्यदृश्य मार्फत लेखक, कलाकार र अभियन्ताका नाउँमा हराउँदै गएको पुरानो जातीय विभेदलाई दलित, गैर दलितको नाममा पुनः खोतल्ने अभियान तीव्र बन्दो छ। त्यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा भ्रामक संदेश फैलाउने र धर्मान्तरण गर्ने कार्य तिब्र रुपमा फैलिएको छ। मानौं कि, वैदिक हिन्दु धर्ममै छुवाछूत जातिय विभेद छ।
वैदिक सनातन धर्म त्याग्नु र ब्राह्मण क्षत्री समुदायलाई सत्तो सराप गर्नु नै छुवाछूतको अन्त्य हो भनेर जसरी अभियान चलाइएको देखिन्छ। छुवाछूत नै वैदिक सनातन्को वर्णव्यवस्थाबाट उत्पन्न भएको थियो भनेर घोकाइन्छ। आम जनमानसले त्यही कुरामा दायाँबायाँ केही नसोची विश्वास गर्दछ। तर छुवाछूत प्रथाको यथार्थता फरक छ।
वास्तवमा छुवाछूतको गहिरो जरा युरोपेली समाजमा नराम्रोसँग जकडिएको यथार्थ तथ्य युरोपेली धार्मिक, सामाजिक इतिहास र बाइबलकै ‘पुरानो करार’ भित्र निहित छ। जसलाई मध्यकालीन चर्चले कानुनी, सांस्कृतिक, मुल्य मान्यताको ढाँचा बनाई दीर्घकालीन भेदभावमा परिणत गर्यो। र, पोर्चुगिस्त पादरीको गोवा प्रवेश संगै दक्षिण एसियायी मुलुकमा व्यापक बन्यो। त्यहीँबाट हाम्रो नेपालमा पनि यसले नराम्रो छाप छाड्यो।
युरोपमा छुवाछूतको उत्पत्ति वाइवल धर्मशास्त्रबाट सामाजिक नियमन सम्म ब्याप्त थियो। त्यस्का अवशेष आज पनि छिटफुट रुपमा देख्न सकिन्छ। विभेद अहिले जस्तै केवल धनी, गरिब बर्गमा सीमित थिएन। यो धार्मिक शुद्धता, पेशागत दर्जा, जातीय–धार्मिक पहिचान, वर्ण र लिङ्गको संगमबाट बनेको कडा ऐतिहासिक धार्मिक संरचना थियो। चर्च–केन्द्रित समाजले ‘लेभिटिक्स’ र ‘ड्युटेरोनोमी’ का नियमलाई धार्मिक, नैतिक र कानुनी औजार बनाउदै समाजमा छुवाछूत र विभेदलाई कायम गरेको थिए।
लेभिटिक्स ११ : को आदेश अनुसार अशुद्ध, मृत जनावर, तिन्को मासु, र तिनसँगको सम्पर्कलाई पाप, अशुद्ध छुवाछूत ठहर गर्यो। त्यस्ले गर्दा कसाई, पोडे, छाला कामदार, पशुपालक, कृषक जस्ता श्रम गर्ने साथै पशु सम्बन्धी पेशा गर्नेहरू “सदैव अशुद्ध” अछुत बनाइए। त्यसपछि युरोपेली समाजमा बहिष्कृत भए। त्यस्तै छालारोग, संक्रमण सम्बन्धी नियमले रोगीलाई अलग राख्ने आदेश दियो। परिणामः छाला सम्बन्धि रोगी, कुष्ठरोगी लगायत दीर्घरोगीहरू सामरोगि र कानुनी बहिष्कारको चक्रमा धकेलिँदै मृत्युका शिकार बन्दै गए। त्यै पुरानो करार ‘लेभिटिक्स १९ः३४’ अनुसरण गर्दै परदेशीप्रति भिन्न धार्मिक, सांस्कृतिक समूहप्रति दूरी र नियन्त्रण कायम राख्दै गए।
विदेशी वा अल्पसंख्यक समुदायलाई स्थायी रूपमा कनिष्ठ,अछूत सरह व्यवहार गर्ने हुनाले तत्तत् समुदायले सामाजिक ,धार्मिक र नैतिक दुव्र्यवहारको सामना गर्नुपर्यो। जाती, लिङ्ग, विवाह, वंश, पवित्रता, आज्ञाकारिताको परिभाषामा महिलाको उत्तराधिकारी अधिकार, सार्वजनिक भूमिकामा भागीदारी र स्वतन्त्रतामा कडा अंकुश लगाइयो। भिन्न समुदायसँग वैवाहिक सम्बन्ध राख्दा अशुद्धता वा अछुतको स्थायी दाग लगाउँदै तिन्का सम्पूर्ण परिवार, वंशलाई बहिष्करणतिर धकेल्ने व्यवस्थालाई लागू गरिएको थियो।
युरोपका केही पीडित समुदायको ऐतिहासिक उदाहरण यहाँ राख्नु उपयुक्त देखिन्छ। जस्तै ः यहूदी समुदायलाई अछुत मानेर अलग बस्ती, पेशागत प्रक्रियामा रोक, विशेष कर, सार्वजनिक पदबाट बहिष्कार, धार्मिक भिन्नतालाई आधार बनाएर दीर्घकालीन विभेद गरिएको ऐतिहासिक, वास्तविक तथ्य आज पनि जिवित नै छ। त्यस्तै रोमा समुदायको बसोबास, यात्रा नियन्त्रण, पेशामा सीमितता, जादूटोनागिरि गर्ने आरोप लगाउदै तिनको जाती समुदायलाई अशुद्ध अछुत मान्दै राज्य, चर्च दुवैको कडा निगरानीमा जीवन यापन गर्न बाध्य पारिएको थियो।
यी तथ्यले जाती समुदायलाई छुवाछूत वा विभेद गरेको वास्तविकतालाई उजागर गर्दछ। युरोपेली महिलाहरु पुरानो करार अनुसार कस्तो विभेद वा दुर्भाग्यको नियति भोग्न बाध्य थिए त्यो पनि बुझ्न जरुरी छ। उत्तराधिकार कटौती, शिक्षा, स्वास्थ, कार्यक्षेत्रमा अवरोध, पति अभिभावक अधीनता, कानुनी मान्यता सहितको लैङ्गक विभेदको सामना गर्दै जिउन युरोपमा महिलाहरु बाध्य बनाइएका थिए। यी विभेदहरू २० औँ शताब्दीको सुरूवाततिर कानुनी रूपमा घट्दै गए पनि मानसिक पूर्वाग्रह लामो समय जिउँदै रह्यो। यदाकदा छिटफुट धनी–गरिब, कालो–गोरो, पादरी साथै सर्वसाधारणबीच सूक्ष्म दूरी आज पनि देखिन्छ। यो जातिय विभेद दक्षिण एसिया हुँदै नेपालमा कसरी भित्रिन पुग्यो त्यस्को ऐतिहासिक तथ्य बुझ्न आवस्यक छ।
युरोपेली धर्मप्रचारको औपचारिक र दीर्घकालीन मिसन बोकेर फ्रान्सिस जेभियर (पादरी) ले सन १५४२ मा गोवामा पाइला टेके। उनीसँगै पोर्चुगाली उपनिवेशवाद, व्यापार, र चर्च–नियन्त्रित धर्मप्रचार कानुनको लहर गोवामा भित्रीयो। युरोपमै जरा गाडेर झाँंगिएको ‘शुद्ध–अशुद्ध’ अर्थात छुत, अछुतको अवधारणा उनीहरुको प्रवेश र अधीन संगै यहाँ पनि पेशा, सांस्कृतिक भिन्नता जाती समुदायमाथी नैतिक, कानुनी नियमनले जकड्दै बलियो बनाउँदै लग्यो। “जो पशु÷चमडासँग काम गर्छ, उसले ‘अशुद्धता’ बोक्छ” भन्ने यूरोपेलि धार्मिक मनोविज्ञान दक्षिण भारतमा ब्याप्त बन्दै गयो।
छुवाछूत, जातिय विभेदको नेपालमा ऐतिहासिक प्रवेशलाई बुझ्न झनै जरुरी छ। फादर जुवन् क्याब्रल (पादरी) सन १६२८ मा मल्लकालीन काठमाडौं उपत्यका प्रवेश गरेको थिए। गोवा देखि तिब्बत यात्रा क्रममा नेपालको मार्ग हुँदै जानेक्रममा स्थानीय समाज संस्कारको अवलोकन गर्दै उपत्यकामै आफ्नो मिसनको प्रभाव छाडे। फादर जुवन् ग्रेब्ब्र र अल्ब्रट डे ओरभिल सन् १९६१ मा काठमाडौं हुँदै तिब्बत जाने क्रममा छोटो बसाइ भए पनि उपत्यकाको सामाजिक धार्मिक बुनोट र भू–राजनीतिक अवस्थाबारे युरोप पठाउन उपत्यकाको धार्मिक सांस्कृतिक सहिष्णुतालाई तोड्दै चर्च कानुन लागू गर्ने प्रतिवेदन तयार पारेर पठाएको पाइन्छ।
यही प्रारम्भिक यात्रा र तिन्का दस्तावेजले नेपाललाई युरोपेली दृष्टिकोणबाट ‘डिफाइन’ गर्ने पहिलो प्रयत्न जन्माए। यहाँका पेशा, आहार, पूजा–पद्धति, शुद्धीकरण–रीति जस्ता विषयलाई यूरो–धर्मशास्त्रीय लेन्स ले हेर्ने अभ्यासको बीउ मल्ल राजालाई कुटनैतिक प्रभावमा पारेर त्यतिबेलै रोपियो। नेपाल उपत्यकामा पेशागत काम (कृषि, पशुपालन, चमडा–काम, धातु–कला, कसाई) मा आधारित कार्य–विभाजन ऐतिहासिक रूपमा थियो। तर युरोपेली ‘शुद्ध–अशुद्ध’ लेबल मिसिँदा नैतिक, धार्मिक, सांस्कृतिक परिवेशलाई ‘उच्च–निम्न वर्ण, ब्राह्मण, क्षत्री, वैश्य र शुद्र अनुसार युरोपेली कार्य बिभाजनकै शैलीमा विभेद वा छुत अछुतको बिजारोपण गरियो।
नेपाली स्थानीय परम्परामा रहेको सांस्कृतिक, वर्ण लचकता, परस्पर बहिष्कार छुवाछूत जस्तो कठोर आदतमा बदलियो। यसरी, आयातित मानसिकता र स्थानीय सन्दर्भ मिसिएर दीर्घकालीन विभेद को संरचना नेपालको उपत्यकामा जम्दै गयो। पृथ्वीनारायण शाहले मितव्यायिताको आडमा नेपालमा आफ्नो जासुसी मिसन फैलाएको आरोपमा पादरीलाई देश निकाला गरे पनी तिन्का अवशेष निरन्तर रहिरहे।
आज एनजिओ र आइएनजिओमार्फत एउटै पुरानो स्क्रिप्टको नयाँ आवरणमा हराउँदै र बिर्सदै गएको पुरानो कालो धब्बालाई खोतलेर पुनः नव पुस्ताको मगजमा लाद्ने काम हुँदैछ। समयसँगै तिन्को शैली बदलिएको छ। हिजो तिन्का मिसन बन्दुक वा कुटनैतिक आवरणमा प्रवेश गर्थे। आज मानवाधिकार, समावेशिताको आवरणमा ब्याप्त छ। तर तिन्का कार्य शैली धेरै हदसम्म उही एजेन्डा, अनुदान, आख्यान, र सहयोग, निर्माणका योजनामा व्याप्त छन्।
शैक्षिक पाठ्यक्रमा जातीय अपराधबोधलाई एकमात्र दृष्टि बनाउँदै, इतिहासको बहु–आयामलाई छायामा धकेल्ने प्रयत्न भइरहेको छ। मिडिया, संस्कृति क्षेत्रका उच्च अधिकारी, लेखक, पत्रकार, कलाकारलाई आर्थिक अनुदान, पुरस्कार दिँदै आफ्नो मिसन अनुसारको आख्यान, सामग्री निर्माण गर्न लगाउने अभियान नै चलेको देखिन्छ। स्थानीय एकता, धार्मिक, सांस्कृतिक आस्थालाई समस्याको मूल जड भन्दै धर्मान्तरण गर्न उकास्ने जातिय घृणा पैदा गर्ने मिसन चलाइएको देखिन्छ। डिजिटल मनोविज्ञानद्वारा सामाजिक सञ्जालमा युवालाई आफ्नो विज्ञान, आधुनिकता, स्वतन्त्रताको नाममा मूल संस्कृति, परम्परालाई रुढीबादी, हीनताबोध, आत्मग्लानीतर्फ धकेल्दै लगेर पश्चिमी संस्कृति नै सर्वोत्तम हो भन्ने धारणा बसाल्ने क्रियाकलाप तिब्र बन्दै छ।
हामीले बुझ्नुपर्ने कुरा के छ भने पश्चिमाहरु हामीलाई चेतना जगाउन वा सामाजिक आर्थिक सुधार गर्न होइन, नेपाली एकतामा विखण्डन, सांस्कृतिक मूल्य मान्यतालाई चिराचिरा पारेर बाह्य हस्तक्षेपको ढोका उघार्ने दीर्घकालिन रणनीतिको खेल खेल्न खर्बौ लगानी गर्दैछन्। यस्तो अवस्थामा अब हामिले युरोपेली चर्च मिसनले थोपरेको जातिय छुवाछूत जस्तो घृणित कुकर्मको ऐतिहासिक अन्त्य गर्न हातेमालो गर्दै अगाडि बढ्नुपर्ने टड्कारो आवस्यकता छ। सांस्कृतिक महत्व, नेपाली एकता वा आफ्नो पुर्वजलाई धिक्कार्ने दोषारोपण गर्ने होइन। इतिहासको वास्तविक कारक (युरोपेली बाइबलिक जरा, चर्च–कानुन, उपनिवेशवाद वा एनजिओ/आइएनजिओकाको छद्म मिसनको अन्त्य गर्ने मार्गको खोजी गर्नतिर लागौं।
आज तिनै प्राचीन फ्रान्सिस् जेभियर (१५४२), जुवन् क्याब्रल (१५४२), ग्वेब्रर डे ओरभिल (१९६१) जस्ता पादरीको मिसनलाई आजका एनजिओ÷आइएनजिओले नयाँ स्क्रिप्ट र नयाँ भाषामा चलाइरहेका छन्। यिनिहरुको छद्म मिसन बुझ्नु आजको आवस्यकतासन्गै राष्ट्रिय चेतनाको नौलो आयाम हो।
छुवाछूत पुर्विय सभ्यता वैदिक सनातनको मौलिक उपज होइन। यो युरोपेली धर्मशास्त्र र चर्च–कानुन शुद्ध अशुद्ध बाट दक्षिण एशिया हुँदै नेपालमा फ्रान्सिस् जेभियर (१५४२) र त्यसको नेपाल–प्रवेश (जुवन ग्याब्रल : १६२८); ग्रेवर डे ओर्भिल (१६६१) सँग गाँसिएको आयातित सामाजिक, मनोबैज्ञानिक मानसिक रोग हो। आज उही मानसिकताको रोग एनजिओ/आइएनजिओको आवरण मार्फत समावेशिता, न्यायिक अधिकार वा विभिन्न आवरणमा विखण्डनको राजनीति चलिरहेको छ।
नेपालको सामाजिक सुधार एनजिओ/आइएनजिओको एजेन्डाबाट होइन, इतिहासको यथार्थता आन्तरिक आत्मसुधार, र राष्ट्रिय एकताबाटै सम्भव छ। पुर्खा र इतिहासलाई धिक्कारेर हैन, पश्चिमी मिसनको जरा काटेर मात्र नेपाली एकता कायम हुन संभव छ। यही आधारभूमिमा जातीय विभेदको अन्त्य गर्न लाग्नुमा नै हाम्रो हित छ।
जय मातृभुमी












