Kathmandu Press

‘लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुन्छ’

गृहमन्त्री अर्यालले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक भएको बताए। उनले लोकतन्त्र सुदृढ भए मात्रै मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने उल्लेख गरे।
‘लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुन्छ’

काठमाडौं, मंसिर २२ : गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने बताएका छन्।

सोमबार ललितपुरमा आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन गर्दै उनले त्यसमा सबै पक्षलाई सचेत रहन आग्रह गरे।

Hardik ivf

गृहमन्त्री अर्यालले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक भएको बताए। उनले लोकतन्त्र सुदृढ भए मात्रै मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने उल्लेख गरे।

वर्तमान परिवर्तित सन्दर्भमा लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो। उनले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।

गृहमन्त्री अर्यालले अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी मानव अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, मंसिर २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्