Kathmandu Press

शेयर बजार केही सच्चिँदै 

काठमाडौं, असार २४ : शेयर बजार बुधबार केही सच्चिएको छ। बढ्दो बजारमा केही अंकले सच्चिनु सामान्य कुरा मानिन्छ। 

बजार ० दशमलव ७६ प्रति....

शेयर बजार केही सच्चिँदै 

काठमाडौं, असार २४ : शेयर बजार बुधबार केही सच्चिएको छ। बढ्दो बजारमा केही अंकले सच्चिनु सामान्य कुरा मानिन्छ। 

बजार ० दशमलव ७६ प्रतिशत घट्दै नेप्से परिसूचक १० दशमलव १३ ले घटेर १३२६ दशमलव ५३ को विन्दुमा बन्द भएको छ। १३३८ दशमलव ५४ को विन्दुमा खुलेको दोस्रो बजार १३४३ दशमलव ६० को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १३१९ दशमलव २८ रहँदा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज म्युचुअल फण्डमा १ दशमलव ०५ प्रतिशतले सर्वाधिक वृद्धि देखिएको छ भने होटल समूहमा २ दशमलव ७२ प्रतिशतको सर्वाधिक गिरावट रहेको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५७ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज सुर्योदय लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले कमाए भने तारागाउँ रेजेन्सी होटलका शेयरधनीले सर्वाधिक ७ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार अघिल्लो तीन कारोबार दिनदेखि बढेको बजार केही सच्चिएको छ। आजको मैनबत्ती आकृति खासै प्रभावकारी देखिँदैन। हाल बजार १३६२ को प्रतिरोध क्षेत्र नजिक रहेको देखिन्छ। आजको परिमाण सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, तीन कारोबार दिनको पाँच मिनेट मैनबत्तीको प्रवृत्ति हो। यसले बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरुले नाफा सुरक्षण गरेको संकेत गर्दछ। यो बढ्दो प्रवृत्तिमा सामान्य कुरा हो। 

२१ र ५० समयावधिको ‘एक्पोनेन्सियल मुभिङ एभरेज’ले दिएको संकेत प्रभावकारी देखिँदैन। ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’ ५० दशमलव ९२ अंकमा रहेको र यसले बजार सामान्य अवस्थामा रहेको संकेत गरेको बुझिन्छ। 

निष्कर्ष : अघिल्लो विश्लेषणमा भनिए जस्तै बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा ११४९ र १२४१ मा पाएको टेवाले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको र हालसम्म बजार सकारात्मक रहेको संकेत गरेको छ। यदि बजार १३६२ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध १४३० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको सामान्य टेवा १२८० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्