Kathmandu Press

पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री पुनले भने– मन्त्रालयमै सुत्छु, खाट र टेबल व्यवस्था गर्नुस् 

मन्त्री पुनले भने, ‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू। सुत्ने खाट र टेबल भए पुग्छ। आफैं पकाएर खान्छु।’ 
पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री पुनले भने– मन्त्रालयमै सुत्छु, खाट र टेबल व्यवस्था गर्नुस् 

काठमाडौं, असोज ६ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मन्त्री क्वार्टरमा नबसी मन्त्रालयकै कोठामा बस्ने भएका छन्।

मन्त्रीको पदभार ग्रहरण गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पुनले आफू मन्त्री क्वार्टरमा नबस्ने बताएका हुन्। पुनले मन्त्रालयमै एउटा कोठा मिलाउन निर्देशन दिएको बताए। 

मन्त्री पुनले भने, ‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू। सुत्ने खाट र टेबल भए पुग्छ। आफैं पकाएर खान्छु।’ 

उनले सुरक्षाकर्मीलाई पनि मन्त्रालयमै बस्न आग्रह गरेका छन्। यस्तै, सरकारी कामबाहेक अन्य ठाउँमा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने घोषणा समेत पुनले गरेका छन्।

६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: १९:०१ बजे, सोमबार, असोज ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्