यसरी मनाइन्छ सुदूरपश्चिममा दसैं
देशका विभिन्न भूभागमा दसैं आ–आफ्नै चालचलन, रीतिरिवाजअनुसार मनाइन्छ। सुदूरपश्चिम प्रदेशमा पनि परम्परादेखि नै दसैं धुमधामका साथ मनाउँदै आइएको छ।दसैं नेपालीहरूको महान् पर्व हो। देशका विभिन्न भूभागमा दसैं आ–आफ्नै चालचलन, रीतिरिवाजअनुसार मनाइन्छ। सुदूरपश्चिम प्रदेशमा पनि परम्परादेखि नै दसैं धुमधामका साथ मनाउँदै आइएको छ। सुदूरपश्चिमका नौवटै जिल्लामा बडादसैंमा विशेष गरेर देवीदेवताको पूजाआजा गर्ने, बलि दिने, मिठामिठा परिकार खाने, आफन्तजनका साथ टीका र जमरा थाप्ने गरिन्छ।
यो वर्ष नेपाल सरकारले असोज १० घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक बिदा दिएको छ। त्यसैगरी असोज १५ देखि २२ गतेसम्म सरकारी बिदा छ। यसरी हरेक वर्ष दसैंमा सार्वजनिक बिदा भएपछि टाढाटाढाका आफन्त दसैंका अवसरमा घर फर्कने हुँदा अन्यत्रझैं सुदूरपश्चिममा छुट्टै किसिमको रौनक छाउँछ।
दसैंका अवसरमा माछामासु र मिठामिठा परिकार खाने चलन भए पनि सुदूरपश्चिम प्रदेशमा युवा पुस्ताबाहेक प्रायः घरका बुढापाका र तन्नेरी महिला र पुरुष घटस्थापनादेखि नवमीको दिनसम्म व्रत बस्छन्। यसरी व्रत बसेका घरमा अष्टमीको दिनसम्म माछामासु खाइँदैन। त्यतिबेला बर्तालुहरू शुद्ध शाकाहारी भोजन गर्छन्।
घटस्थापनाको दिनदेखि व्रत बसेका श्रद्धालुहरू दिन नवौं दिन अर्थात् नवमीमा नौ कन्याको पूजा गरेर व्रत तोड्छन्। पूजा गरिएका कन्याहरूलाई बर्तालुहरूले आफ्नो गच्छेअनुसार दक्षिणा दिएर मिठामिठा खानेकुरा खुवाउने परम्परा छ।
दसैंका अवसरमा अष्टमीका दिन सुदूरपश्चिमको बैतडीमा रहेको त्रिपुरासन्दरी, डडेलधुराको उग्रतारा, डोटीको शैलेश्वरीलगायत थुप्रै शक्तिपीठमा बलि दिने चलन छ। बलि दिने वा नदिने गरिएका थुप्रै शक्तिपीठमा दुर्गाको पूजाआराधना गर्दै रातभरि भजनकीर्तन गाउँदै जाग्राम बस्ने चलन पनि छ।
खास गरेर दसैं १५ दिनसम्म मनाइन्छ। घटस्थापनाका दिन सुदूरपश्चिम प्रदेशमा महिलाहरू चाँडै उठी नुहाइधुवाइ गरेर घर लिपपोत गर्छन्।
घटस्थापनाको अघिल्लो दिन सोह्रश्राद्ध नै रहने भएकाले घर अशुद्ध हुन्छ भन्ने मान्यता छ। त्यसकारण घटस्थापनाको दिन चाँडै उठी नुहाइधुवाइ गरेर घर शुद्ध बनाउन बिहानै लिपपोत गरेर पोचा लगाई गाईको गहुँतमा तिल, जौ मिसाएर घरका विभिन्न भागमा छर्कने गरिन्छ। यसरी घर शुद्ध बनाएपछि भने रीतिअनुसार शुभ साइतमा जमरा छर्ने गरिन्छ।
घटस्थापनाको भोलिपल्टदेखि हरेक दिन साँझ, बिहान नुहाएर जमरामा पानी छर्कने गरिन्छ। सप्तमीको दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घरमा भिœयाइन्छन्।
आठौं दिन अष्टमीमा बलि दिने परम्परा सुदूरपश्चिममा पनि छ। यहाँका बासिन्दाहरूले कसैले मन्दिरमा त कसैले आफ्नै घरमा बलि दिन्छन्। यो दिन परिवारका सबै सदस्य सँगै बसेर माछामासु, सेलरोटी बनाई खान्छन्। अष्टमीको दिन सुदूरपश्चिका कृषकले शुभ दिन पारेर नयाँ बालीको देलीबालो मन्दिर तथा घरको मूलढोकामाथि लगाउने गर्छन्।
सूदूरपश्चिमका धेरै शक्तिपीठमा अष्टमीका दिन बलि दिने परम्परा रहिआएको छ। बलि दिनु राम्रो होइन र बलि दिएर देवीदेवता खुसी हँुदैनन् भन्ने विचारधारा अहिलेको पुस्तामा रहे पनि अष्टमीको दिन राँगा, बोकाको बलि दिने परम्परा भने यथावत् नै छ। तर बलि दिने परम्परालाई बिस्तारै हटाउँदै जानुपर्छ।
सुदूरपश्चिम प्रदेशको त्रिपुरासुन्दरी मन्दिरमा निकै ठुलो मेला लाग्छ, जहाँ दर्शनका लागि देशका विभिन्न स्थानबाट पर्यटक आउँछन्। त्रिपुरासुन्दरी मन्दिरमा मात्रै गत वर्ष ३ सयभन्दा बढी राँगा र बोकाको बलि दिइएको थियो।
घटस्थापनाको दिनदेखि व्रत बसेका श्रद्धालुहरू दिन नवौं दिन अर्थात् नवमीमा नौ कन्याको पूजा गरेर व्रत तोड्छन्। पूजा गरिएका कन्याहरूलाई बर्तालुहरूले आफ्नो गच्छेअनुसार दक्षिणा दिएर मिठामिठा खानेकुरा खुवाउने परम्परा छ।
सुदूरपश्चिममा थारू समुदायको पनि ठुलो जनसंख्या रहेको छ। पहिलेपहिले थारू समुदायमा दसैं मान्ने चलन थिएन। हिजोआज पहाडी समुदायसँगको सांस्कृति अन्तरघुलनका कारण भएर थारू समुदायले पनि धुमधामका साथ दसैं मनाउँछन्
दशमीको दिन परिवारमा सबै सदस्य एकै ठाउँमा भेला हुने गर्छन्। यसरी आपसमा भेला भएपछि शुुभ साइत पारेर परिवारका ज्येष्ठ सदस्यबाट टीका र जमरा थाप्ने गरिन्छ। दसैंको दिन आफूभन्दा कम उमेरको व्यक्तिलाई आफ्नो क्षमताअनुसार दक्षिणा दिने चलन पनि रहेको छ। सुदूरपश्चिममा टीकाको दिन विशेष गरेर माछामासु, सेलरोटी, फिनीरोटी, खिर, पुरी, मासको बटुक, फाँडो पकाउने गरिन्छ।
सुदूरपश्चिममा थारू समुदायको पनि ठुलो जनसंख्या रहेको छ। पहिलेपहिले थारू समुदायमा दसैं मान्ने चलन थिएन। हिजोआज पहाडी समुदायसँगको सांस्कृति अन्तरघुलनका कारण भएर थारू समुदायले पनि धुमधामका साथ दसैं मनाउँछन्।
उक्त समुदायमा सबै आफन्तजन आपसमा भेला भएर आफूभन्दा ठुलाको हातबाट टीका र जमरा थाप्ने चलन चलेको छ। थारू समुदायमा फलफूल, जाँडरक्सी, माछामासु, मिठाई दसैंका विशेष परिकार हुन्।