Kathmandu Press

सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ

हत्याको करिब २ महिनापछि प्रहरीले हत्याको अरोपमा सात जनालाई पक्राउ गरेको छ। जसमा रामधुनी–१ का ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथिलेश यादव छन्।
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ

सुनसरी, मंसिर २२ : गत असोज २५ गते सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या भयो 

हत्याको करिब २ महिनापछि प्रहरीले हत्याको अरोपमा सात जनालाई पक्राउ गरेको छ। जसमा रामधुनी–१ का ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथिलेश यादव छन्।

Hardik ivf

प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका थिए। घटनाको अनुसन्धानका क्रममा मृतक चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गरिएको बयानम आरोपीहरुले दिएको प्रहरीले जनाएको छ।

हत्याका लागि ६ लाख ५० हजार रुपैयाँ लिएको समेत अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक केशव थेबेले बताए। 

पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको उनले बताए। 

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, मंसिर २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्