Kathmandu Press

हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला, प्राधिकरण कार्यकारीको निर्देशकमा पुनर्स्थापित

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरण कार्यकारी निर्देशकमा पुनर्स्थापित गर्न आदेश दिएको छ।
हितेन्द्रदेव शाक्यको पक्षमा सर्वोच्चको फैसला, प्राधिकरण कार्यकारीको निर्देशकमा पुनर्स्थापित

काठमाडौं, मंसिर २२ : सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यको पक्षमा फैसला गरेको छ। 

कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएलत्तगै शाक्यलाई विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट हटाइएको थियो। घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए।  

शाक्यले कात्तिक २१ कुलमान घिसिङको सो निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका थिए।

उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरण कार्यकारी निर्देशकमा पुनर्स्थापित गर्न आदेश दिएको छ। इजलासले शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेको हो। 

सर्वोच्चले शाक्यलाई पूर्ववत रूपमै कार्यकारी निर्देशकको रूपमा कामरकारबाही गर्न दिन भनेको छ।

गर्दै पछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।


 

प्रकाशित मिति: २०:०६ बजे, सोमबार, मंसिर २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्