Kathmandu Press

माईक्रो फाइनान्स, बैक र विमाका शेयरमा बृद्धि, नेप्सेको सबै उपसूचक सकारात्मक

काठमाडौं, पुस २० : आईतबार शेयर बजारमा खरिदकर्ताको चाप रहेको छ।  आज सर्वाधिक बृद्धि हुनेमा माईक्रो फाइनान्स, बैंकिङ्ग, विमा र विकास बैङ्क समूहका श....

माईक्रो फाइनान्स, बैक र विमाका शेयरमा बृद्धि, नेप्सेको सबै उपसूचक सकारात्मक

काठमाडौं, पुस २० : आईतबार शेयर बजारमा खरिदकर्ताको चाप रहेको छ।  आज सर्वाधिक बृद्धि हुनेमा माईक्रो फाइनान्स, बैंकिङ्ग, विमा र विकास बैङ्क समूहका शेयर छन्। 

साताको  पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक १६ दशमलव ०९ अंकले  बढेर ११८२ दशमलव ३१ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार १ दशमलव ३८ प्रतिशतले बृद्धि भएको छ। दोश्रो बजार ११६६ दशमलव ४९ को विन्दुमा खुलेको थियो भने ११८७ दशमलव ३३ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११६३ दशमलव ४० थियो। आज ७१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  कारोबार रकम भने बढेको छ । बजार बढ्नुको साथै कारोबार पनि बढ्नुलाई सकारात्मक मानिन्छ। यसले शेयर बजारमा आपूर्तीभन्दा माग बढी रहेको संकेत गर्दछ। 

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ५ करोड ६२ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज वोमी माईक्रोफाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले कमाए भने नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ६३ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार ११८२ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजारको उच्च बिन्दु ११८७ दशमलब ३३ रहे पनि बजार ११८२ दशमलब ३१ को बिन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजारले मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरि रहेको देखिन्छ। आजको मैनबत्तीले बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा खरिदकर्ताको चाप रहेको संकेत गरेको छ। परिमाणले  आजको मैनबत्तीलाई समर्थन गरेको छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, तिन दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दुई कारोबार दिन प्रवृत्तिहिन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो हँुदै गएकोले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ५४ दशमलब ६० अंकमा रहेको छ। आरएसआईको प्रवृत्तिले ‘हिडन बुलिस डाइभर्जेन्स’ संकेत गरेकोले अर्को कारोबार दिन बजार अझ केहि सकारात्मक हुन सक्ने संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री हुन लागेको संकेत गरे पनि यसको प्रवृत्तिले पनि हिडन बुलिस डाइभर्जेन्सको संकेत गरेको देखिन्छ। 

निश्कर्ष

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा बजारले अब मुख्य प्रतिरोध १२०० को क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। यसलाई मनोबैज्ञानिक प्रतिरोध क्षेत्र पनि मानिन्छ। सामान्य टेवा भने ११७२ को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, पुस २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्