Kathmandu Press

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच सिंहदरबारमा छलफल, यी हुन् एजेण्डा 

प्रसाईंसँग अभियानका अन्य सदस्य पनि छलफलमा छन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्। 
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच सिंहदरबारमा छलफल, यी हुन् एजेण्डा 

काठमाडौं, मंसिर २२ : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंसँग सिंहदरबारमा छलफल शुरु भएको छ।

प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदामाथि छलफल शुरु भएको जनाइएको छ। प्रसाईंसँग अभियानका अन्य सदस्य पनि छलफलमा छन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्। 

प्रधानमन्त्रीको छलफलमा वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा विशेष जोड दिइएको बताइएको छ। 

प्रसाईंको समूहले प्रश्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरू समावेश थिए। 

धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गरी हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पु¥याउने तत्वहरूको नियन्त्रण गर्ने तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने जस्ता बुँदाहरू पनि छन्। 

उक्त मागहरू अभियानका तर्फबाट गत मंसिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि बुझाइएको थियो। 

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, मंसिर २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्