Kathmandu Press

लोकतन्त्र सुदृढीकरण र सुशासन सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक : गृहमन्त्री

महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक रहेको भन्दै वर्तमान परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा लोकतान्त्रिक प्रणाली कमजोर नबनाई मानवअधिकारको प्राप्तिमा समस्या उत्पन्न हुन नदिन सरकार सतर्क रहेको बताए।
लोकतन्त्र सुदृढीकरण र सुशासन सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक : गृहमन्त्री

काठमाडौं, मंसिर २२ : मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्वमा तथा एजिङ नेपाल र युनिफिकेसन नेपालको सह–संयोजकत्वमा देशभरका १२५ संस्थाको सहकार्यमा आयोजित १७औँ राष्ट्रिय मानवअधिकार महाभेला आजबाट ललितपुरको जावलाखेलमा सुरू भएको छ।

महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक रहेको भन्दै वर्तमान परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा लोकतान्त्रिक प्रणाली कमजोर नबनाई मानवअधिकारको प्राप्तिमा समस्या उत्पन्न हुन नदिन सरकार सतर्क रहेको बताए।

Hardik ivf

‘लोकतन्त्र र मानवअधिकार एकअर्काका परिपुरक हुन् । लोकतन्त्रको सुदृढिकरणमा मानवअधिकारको र मानवअधिकार प्राप्तीमा लोकतन्त्रको भूमिका अत्यन्तै महत्वपूर्ण हुने कुरा जगजायर नै छ। वर्तमान परिवर्तित परिप्रेक्ष्यमा लोकतन्त्र कमजोर भई मानवअधिकार प्राप्तीमा केही समस्या हुन नदिन सचेत छौ,’ उनले भने, ‘नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न लागि परेका छौं, यसका लागि आगामी प्रतिनिधिसभाको निर्वाचन स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबैलाई अनुरोध गर्दछु।’

उनले अगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको उल्लेख गरे।

यससँगै उनले मानवअधिकारलाई लोकतान्त्रिक समाजको मेरुदण्डका रूपमा व्याख्या गर्दै सुशासन र भ्रष्टाचार न्यूनीकरण वर्तमान सरकारको प्रमुख दायित्व भएको पुनः पुष्टि गरे।

‘जेनजेड आन्दोलनले खोजेको अपेक्षा सुशासन, जवाफदेहिता र खुला समाज हो । हामी हिंसालाई निरुत्साहित गर्छौं,’ उनले भने।

प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिंदै मन्त्री अर्यालले नीतिगत सुधारमार्फत भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकार प्रतिबद्ध भएको बताए।
 

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, मंसिर २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्