Kathmandu Press

शेयर बजारमा आज लगानीकर्ता अन्योलमा 

काठमाडौं, पुस १५ : नेप्से परिसूचक १ दशमलव ९२ ले  घटेर ११६६ दशमलव ०३ को विन्दुमा बन्द भएका छ। दोस्रो बजार ० दशमलव १६ प्रतिशतले घटेको छ।

....
शेयर बजारमा आज लगानीकर्ता अन्योलमा 

काठमाडौं, पुस १५ : नेप्से परिसूचक १ दशमलव ९२ ले  घटेर ११६६ दशमलव ०३ को विन्दुमा बन्द भएका छ। दोस्रो बजार ० दशमलव १६ प्रतिशतले घटेको छ।

ट्रेडिङ्ग समूहमा सर्वाधिक २ दशमलव ०६ र बैंकिङ्ग समूहमा ० दशमलव २० प्रतिशतको वृद्धि रहेको छ। त्यस्तै, अन्य समूहमा भने सर्वाधिक ४ दशमलव ०६ प्रतिशतको गिरावट रहेको छ।

११६८ दशमलव ६१ को विन्दुमा खुलेको दोस्रो बजार ११७१ दशमलव ४९ को उच्च विन्दुसम्म पुगेको थियो। मंगलबार बजारको न्यून विन्दु ११६३ दशमलव ०२ रहँदा दिनभरमा ४४ करोड २२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  कारोबार रकम भने घटेको छ।

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड १७ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज विशाल बजार कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव ८० प्रतिशतले कमाए भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ५ दशमलव ८९ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

हिजोको निष्कर्ष अनुसार बजार केही समय बढ्न सक्ने सकारात्मक संकेत गरे बापत तत्कालीन प्रतिरोध ११७५ मा रहेको देखिन्छ भनिएको थियो। आज नेप्सेले ११७१ दशमलव ४९ को उच्च विन्दु मात्र बनाएको र बजार घटेर ११६६ दशमलव ०३ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार सामान्य टेवा क्षेत्रमा रहेको र मुख्य प्रतिरोध क्षेत्रलाई पनि सामना गरिरहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखिन्छ। परिमाण भने सामान्य रहेको देखिन्छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज केही घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।  आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५५ दशमलव ९१ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले कारोबारको पहिलो समय बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा यदि बजार ११८२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध क्षेत्र १२०० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११६० भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक पक्षमा हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन टेवा ११५० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, पुस १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्