Kathmandu Press

लताले गाएका चार नेपाली गीत र उनका केही विवाद

लता जीवनभर अविवाहित रहिन्। यसलाई लिएर पनि अनेक चर्चा हुने गर्छ। केहीले लताले विवाह गरेको तर यो कहिले पनि बाहिर नआएको पनि दाबी गरेका छन्।
लताले गाएका चार नेपाली गीत र उनका केही विवाद

कुनै समय त्यस्तो पनि थियो, जति बेला धेरै नेपालीका लागि मनोरञ्जनको एक मात्र स्रोत रेडियो हुने गथ्र्यो। त्यसमा पनि रेडियोमा बज्ने हिन्दी गीत। त्यही समयमा हुर्के बढेका हुन्, इतिहासकार त्रिरत्न मानन्धर। अल इन्डिया रेडियोमा मात्र नभएर रेडियो नेपालमै पनि बज्ने भनेकै हिन्दी गीत थिए। त्यस अर्थमा एक पुस्ता रेडियोमा हिन्दी गीत सुनेर खुसी हुन्थे। अनि तिनीहरूबीच चिया गफमा समेत कुरा हुने गथ्र्यो, लता मंगेशकरले यस्तो गरे, मोहम्मद रफीले उस्तो गरे।

यस्तै बहस बौद्धिक स्तरमा पनि हुन्थ्यो र सायद यसैले गफको स्वरूप लिएर आम मान्छेसम्म पुग्यो। आधुनिक नेपाली इतिहास लेखनका एक सर्वाधिक महत्वपूर्ण पात्र मानन्धर हाम्रा धेरै इतिहासकार पनि गुरु हुन्। उनको एउटा विशेषता भनेको संगीतमा निकै चाख राख्नु हो, त्यो पनि बकाइदा अध्ययन गरेर नै। यो हिन्दी संगीतमै मात्र होइन, नेपाली संगीतकै बारे पनि थियो। उनले नेपाली संगीतबारे केही ऐतिहासिक लेख पनि लेखेका छन्।

उनको सामाखुसीस्थिति घरमा जानुपर्छ, उनको निजी पुस्तकालयमा संगीतबारे पर्याप्त पुस्तक संग्रहित छन्। त्यसमध्ये हिन्दी संगीतबारे धेरै छन्। लतादेखि धेरैका जीवनी उनको संग्रहमा छन्। लताको गायकी कसलाई मन नपर्दो हो, मानन्धरलाई पनि उत्तिकै मन पर्छ। सायद त्यसैले होला, उनी लताबारे तिथिमिति राखेर धाराप्रवाह बोल्न सक्छन्। लताले जे जति अन्तर्वार्ता दिएकी थिइन्, त्यसमध्ये सबै मानन्धर स्वंयले सुनेका पनि छन्, रेडियोको माध्यमबाट।

Hardik ivf

यिनै लताको हालै निधन भयो। अहिले यिनै लताबारे अहिले लेख्ने क्रम चलिरहेको छ। यस्तोमा मानन्धरको कुरा मात्र किन नसुन्ने ? अनि यसबारे किन नलेख्ने ? अहिले लताबारे लेख्दा सायद हामीमध्ये धेरैको स्रोत भारततर्फकै हुन सक्छ।

तर नेपाली दृष्टिकोणले आफ्नो समय नेपालमा जे जस्तो थियो, त्यसमै टिकेर लताबारे बोल्न सक्नेमा पर्छन्, प्रोफेसर डाक्टर मानन्धर। रेडियोबाट गीत सुनेर लताबारे जानकार राख्ने धेरै नेपाली सायद मानन्धरको भनाइसँग सहमत पनि रहने छन्।

लता किन नम्बर १ भइन् ?

आफ्नो संगीत जीवनमा लता कहिले पनि दोस्रो रहिनन्। तर प्रत्येक ठूला व्यक्तित्वको जीवनमा केही न केही विवादास्पद घटना हुन्छ नै। कसैले केही पनि गरेन भने विवाद नै हुने गर्दैन। वास्तवमा काम गर्नेकै हो विवाद हुने। लताको संगीत जीवन ७० वर्ष जति निरन्तर चल्यो। यति धेरै समयमा केही विवादास्पद घटना हुनु स्वाभाविक पनि हो, यसलाई हामीले नकारात्मक पनि लिनु हुन्न। लताको निष्पक्ष मूल्यांकन गर्दा यी विषय पनि आउनुपर्छ।

हिन्दी संगीतका नाम चलेका प्रमुख संगीतकार र गायक गायिकास“ग लताको मतभेद रहेको पाइन्छ। उनलाई प्रसिद्धि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नेसँगै पनि कुरा मिलेन्। उनको पहिलो ठूलो मतभेद एसडी बर्मनसँग भएको थियो। लताले उनको संगीतमा धेरै गीत गाएकी छन्। यसमध्ये धेरै लोकप्रिय पनि छन्। सन् १९५७ मा देखिएको यो मतभेद के कस्तो थियो, दुवैले त्यसबारे खुलाएका छैनन्। तर यो गम्भीर थियो, त्यसैले बर्मनले लतालाई ५–६ वर्षसम्म गाउनै दिएनन्।

मोहम्मद रफीसँग पनि लताको मदभेद रह्यो। दुवैको कुरा नमिलेको भने संगीत रोयल्टीलाई लिएर थियो। यसै क्रममा तीन–चार वर्षसम्म उनीहरूले सँगै गाएनन्। यसको फाइदा पनि रह्यो। यही विवादबीच महिलातर्फ आशा भोसले र सुमन कल्याणपुर तथा पुरुषतर्फ महेन्द्र कपुर र मुकेशले मौका पाए। सन् १९८० मा रफीको निधनपछि लताले के भनेकी थिइन् भने उनलाई एउटा पत्र प्राप्त भएको थियो, जसमा रफीले लोयल्टी विवादलाई लिएर आफ्नो गल्ती भएको स्विकारेका छन्।

तर त्यसको तुरुन्तै खण्डन रफीका छोरा साहिदले गरे र आफ्नो बुबाले लेखेको पत्र देखाउने चुनौती दिए। लताले त्यस्तो गर्न सकिनन्। शंकर जयकिसनको जोडीसँग पनि उनको कुरा मिलेन। उनको संगीतमा लताका कतिपय गीत लोकप्रिय छन्। यी दुईबीचको विवाद के कस्तो थियो, त्यो पनि खुल्दैन। लताले एक अन्तर्वार्तामा भनेकी छिन्– मैले खालि जयकिशनले दिएको संगीतमा मात्र गीत गाएँ, शंकरको संगीतमा गाइनँ।

लताको यस्तै मतभद सी रामचन्द्रसँग पनि भयो। उनको संगीतमा पनि लताकै धेरै गीत प्रसिद्ध छन्। सुमन कल्याणपुरकै कारण यी दुईबीच विवाद भएको मानिन्छ। यी सबै विवादको एउटा विशेषता के रह्यो भने यी सबै लामा समय चलेनन्, पछि सबैले लतासँग काम गरे। सन् १९४२ मा उनले पहिलो गीत त रेकर्ड गरे, तर त्यो फिल्ममा परेन। उनको पहिलो गीत रेकर्ड भएर फिल्ममा परेको भनेको सन् १९४७ मा मात्र हो, त्यसैले लताले आफ्नो संगीतको वर्ष गणना गर्दा त्यही वर्ष मात्र गर्नुपर्ने हो।

तर उनले सन् १९६७ मा आफ्नो संगीत यात्राको २५ वर्ष मनाइन्। त्यसैले यो ‘सिल्भर जुब्ली’ मनाउने क्रममा अनेक टिकाटिप्पणी निस्केको थियो। त्यही वर्ष उनले आपूmले गाएका उत्कृष्ट १० गीतको सूची पनि निकालिन्। यसमा उनलाई सुरुवाती दिनमा सहयोग गर्ने खेमचन्द्र प्रकाश र अनिल विश्वासको कुनै पनि गीत रहेन। अझ उनीस“ग झगडा परेका एसडी बर्मन, सी रामचन्द्र, शंकर जयकिशनको गीत पनि त्यसमा परेन।

यस्तोमा लतामाथि एकपक्षीय सूची बनेको आरोप पनि लाग्यो। त्यस सूचीमा मदनमोहनले संगीत दिएको दुई गीत परेको थियो। त्यसमध्ये एक गीत लोकप्रिय नै थिएन र स्वयं मदनमोहनले पनि यसमा आश्चर्य मानेका थिए। त्यस सूचीमा एउटा मराठी गीत पनि थियो र यसका संगीतकार लताकै भाइ हृदयनाथ थिए। एक अन्तर्वार्तामा लताले आफ्नो परिवारमा हृदयनाथ नै संगीतमा सबैभन्दा बढी जानकार र प्रतिभाशाली भएको बताएकी छिन्।

सन् ८० तिर गिनिस वल्र्ड रेकर्डमा के आयो भने विश्वमै सबैभन्दा बढी गीत गाउने लता हुन्। उनले २५ हजार गीत गाइसकेको कुरा अगाडि आयो। लगत्तै रफीले त्यसको विरोध गरे। उनको दाबी आपूmले २८ हजार गीत गाएको भन्ने थियो। राजु भारतनलाई हिन्दी संगीतबारे आधिकारिक जानकार मानिन्छ। उनले पछि लताको जीवनी पनि लेखे। उनले आशा र नौसादको पनि जीवनी लेखे। उनले के खेलेका छन् भने सबैभन्दा बढी गीत गाउने दाबीमा लगा र रफी दुवै गलत छन्।

भारतको दाबी हो, सबैभन्दा बढी गीत आउने त आशा हुन्। पछि गिनिस वल्र्ड रेकर्डले लताबारेको दाबी नै हटायो। लताकै संगीत जीवनबारे कुरा गर्दा एक संगीतकारको नाम आउनैपर्ने हुन्छ, ती हुन्, ओपी नय्यर। उनको नाम किन आउँछ भने नय्यर नै एक मात्र यस्ता संगीतकार हुन्, जसले लतालाई कहिले पनि गीत गाउन दिएनन्। भारतनले लेखेको लताको जीवनीमा पनि नय्यरको प्रसंग धेरै आउने गर्छ। नय्यर आफैँ के मान्छन् भने उनको पश्चिमेली शैलीको संगीत लतालाई सुहाउँदैन।

सायद कारण यति मात्र थिएन होला। भारतको मध्यप्रदेश सरकारले लताको नाममा एउटा पुरस्कार दिने गर्छ। लताको जन्म नै मध्यप्रदेशको इन्डोरमा भएको थियो। एक वर्ष यो पुरस्कार नøयरलाई दिने निर्णय भयो, तर उनले त्यसलाई स्वीकार गरेनन्। सन् पचासको दशकमै सुमन कल्याणपुरको उदय भएको थियो। उनको स्वर लतासँग निकै मिल्ने। यो नै उनका लागि दुर्भाग्य साबित भयो। जुन जुन संगीतकारले सुमनलाई मौका दिएका थिए, ती संगीतकारको गीतमा लताले गाइनन्।

एकपल्ट सुमनलाई कटाक्ष गरेर लताले भनेकी छिन्– सबैले आफ्नै परिचय बनाउन सक्नुपर्छ, अरुको नक्कल गर्ने कहिले पनि माथि पुग्न सक्दैन। लता जीवनभर अविवाहित रहिन्। यसलाई लिएर पनि अनेक चर्चा हुने गर्छ। केहीले लताले विवाह गरेको तर यो कहिले पनि बाहिर नआएको पनि दाबी गर्छन्। स्वयं लताले विविध भारतसँगको अन्तर्वार्तामा भनेकी छिन्– जीवनमा केही यस्ता घटना हुन्छन्, जसमा आफ्नो कुनै हात हुँदैन, जस्तो : जन्म, विवाह र मृत्यु।

तर मुख्य कुरा, यी सबै विवादले उनको संगीत जीवनमा कुनै अवरोध आएन। उनी नम्बर १ को नम्बर १ नै रहे। जति पनि लताबारे विवाद आए, ती सबै सेलाएर गए। उनको प्रतिष्ठामा पनि कुनै कमी आएन्। न त उनको गायनको स्तरमा कुनै कमी आयो। उनले लिएको उचाइ कायमै रह्यो। यो उनको सफलता नै हो। सायद यति धेरै वर्षसम्म लता उत्तिकै सफल रहनु पछाडिको रहस्य आफ्ना सबै विरोधीलाई परास्त गर्न सक्नु पनि हो।

लताले गाएका चार नेपाली गीत

एक दशक जति अगाडि लताले रामकृष्ण ढकालसँग एउटा युगल गीत गाएकी थिइन्। त्यति बेला उनी ८० वर्षकी भइसकेकी थिइन्। त्योभन्दा अगाडि उनले तीन नेपाली गीत गाएकी थिइन्। यी तीनै गीत मविवि शाहको थियो, त्यो भनेको राजा महेन्द्रको। त्यसमध्ये दुई गीत २०१९/२०२० सालतिर गाएकी थिइन्। राजा महेन्द्र त्यति बेला भारत भ्रमणमा थिए र त्यसअगाडि लताले ती दुई गीत रेकर्ड गरेकी थिइन्। त्यसका संगीतकार भने हेमन्त कुमार थिए।

त्यति बेलाको समाचार अनुसार लताले राजा महेन्द्रसामु ती गीत गाएकी थिइन् र पछि रेकर्ड उपहारका रूपमा प्रदान गरिन्। त्यस अवसरमा महेन्द्रले भनेका थिए, लताले गाएर यी गीतको स्तर बढेको छ। यसरी उनले लताको तारिफ गरेका थिए। यी दुई गीतमध्ये एउटाको बोल छ, ‘आकाशको तिर्मिरे तारा म गन्न सक्दिनँ।’ यो गीत यसअगाडि तारा देवीले गाइसकेकी थिइन्। दोस्रो गीत, ‘इतरी पन्छी बादलमाथि सुनौलो साँझमा।’

यो गीत धेरैपल्ट रेडियो नेपालमा पनि बजेको छ, अझ अल इन्डिया रेडियोमा पनि बजेको छ। खोजी गर्ने हो भने यो गीत अवश्यै भेटिनेछ। यो गीत पनि लताले गाउनुअगाडि पुष्प नेपाली र बच्चु कैलाशले गाएका थिए। नेपालीले यी गीत गाउँदा त्यो निकै ‘हाइ स्केल’ मा थियो। लताले भने ‘लो स्केल’मा गाइन्। त्यति बेला नै नेपालीले गाउँदा राम्रो कि लताले गाउँदा राम्रो भनेर बहस भएको थियो। त्यसमा सबैको आ–आफ्नो फरक धारणा बनेको थियो।

केहीले नेपालीले गाएको राम्रो मान्थे भने केहीले लताको जुन मधुर स्वर थियो, त्यो निकै राम्रो मानेका थिए। लताले गाएको तेस्रो गीत पनि राजा महेन्द्रकै थियो र यो माइतीघरमा प्रयोग भएको छ। गीतको बोल थियो, ‘तिमीलाई शुभकामना, तिमीलाई लाख लाख वन्दना।’ यो गीतको सिनेमासँग कुनै सम्बन्ध थिएन। यो गीतको प्रयोग सुरुमै गरिएको थियो र यस क्रममा नेपाललाई चिनाउने दृश्य धेरै प्रयोग पनि गरिएको थियो। यस गीतका संगीतकार जयदेव थिए।

उनी एसडी बर्मनका सहायक थिए। यसरी हामी लताले चार नेपाली गीत गाएको मान्न सक्छौं। यहाँनिर लताले गाएको एउटा अर्को गीतको प्रसंग पनि आउनुपर्छ र यो तलास भन्ने सिनेमाको हो, जसको संगीत एसडी बर्मनले गरेका थिए। यो हिन्दी गीत नै हो, तर यसका सुरुका केही शब्द भने नेपालीमा छन्, जस्तो : जुनेली रातमा, आउनुस् आउनुस्, ए जेठी, ए माइली, ए साइली, ए कान्छी, के हो ? यो गुगल गीत थियो र  यसमा लतास“गै रफीको स्वर छ। 

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्