Kathmandu Press

जातीय विभाजनले उठाएको पीडा

अरू जातिले ब्राह्मणलाई सकिनसकी जसरी भए पनि दान दिनुपर्ने, उसलाई मीठो खुवाउनुपर्ने प्रावधान मनुस्मृतिमा छ। जति अल्छी, भ्रष्ट र चरित्रहीन ब्राह्मण भए पनि योग्य र चरित्रवान् अरु जातिले सेवा टहल गरिरहनुपर्ने व्यवस्था गरेर मनुस्मृतिले शोषणलाई पक्षपोषण गरेको छ।
जातीय विभाजनले उठाएको पीडा

हिन्दू धर्ममा मान्छेलाई जातजातिमा विभाजन गरेपछि मानवीय पीडाको लहर सुरु भएको देखिन्छ। एकै मान्छेलाई पनि कथित ठूलो जात र सानो जातमा वर्गिकरण गर्नुले समाजका केही टाठाबाठाले सर्वसाधारणलाई बढी शारीरिक परिश्रम गराउने, श्रम शोषण गर्ने, हेप्ने र चेप्ने कार्य गर्दै आएका पाइन्छ। हिन्दू धर्मका साहित्यमा चतुर्वण्र्यको व्यवस्था उल्लेख गरेपछि समाजमा टाठाबाठाले एकोहोरो रूपमा श्रममूलक कार्यमा व्यस्त हुने मान्छेहरूलाई शोषण गर्नाले श्रमशीलहरू झन् निरिह बन्न पुगेका छन्।

हिन्दू धर्मले ब्राह्मण, क्षत्री, वैश्य, शूद्र चार जातमा विभाजन गरेपछि जातको मर्यादा पनि त्यसै क्रम अनुसार रहेको कुरा उल्लेख गरियो। मनुस्मृति (१।३१) मा लेखिएको छ— ‘संसारका रचयिता ब्रह्माले संसारमा मुखबाट ब्राह्मण, हातहरूबाट क्षत्रीय, जांघबाट वैश्य र खुट्टाबाट शूद पैदा भए।’ त्यति मात्र होइन मनुस्मृतिको ८३ औँ श्लोकमा ‘ब्रह्माले ठूलो तपस्या गरेर देवता र पितृहरूका लागि खानपिन पु¥याउँने हेतुले बाहुनलाई सृष्टि गरे। किनकि, देवता र पितृहरूले बाहुनको मुख मार्फत खानपिन गर्न पाउँदछन्। त्यसैले ब्राह्मण ठुलो जात हो।’ अर्को श्लोकमा भनिएको छ—

‘उध्र्व नभिर्मध्यतर : पुरुष : परिकीर्तित :
तस्मा–भेध्यतमंत्वस्य मुखमुक्तं स्वयभुवा
उत्तमाङ्गोद्भवात् जेष्ठर्‍यात ब्रह्मण श्चैव धारणात्
सर्वस्यैवास्य सर्गस्य धर्मतो ब्राह्मण प्रभु :

– मनुस्मृति, १ अध्याय, ९२ श्लोक

Hardik ivf

अर्थात्, ‘मानिसको शरीर मध्ये नाइटादेखि माथिको अङ्ग श्रेष्ठ हुन्छ, त्यसमा पनि मुख झन् श्रेष्ठ हुन्छ भन्ने कुरा ब्रह्माले भनेका छन्। ब्रह्माजीको सर्वश्रेष्ठ मुखबाट सर्वप्रथम उत्पन्न भएर वेद जानेको हुनाले बाहुन जात स्वाभाविक रूपमा श्रेष्ठ मानिन्छ।’

मनुस्मृतिले मान्छेलाई कामको आधारमा जाति विभाजन गरेपछि मेहनतकर्मी र परिश्रमी मान्छेहरूलाई झन् बढी पीडा थपियो, कथित माथिल्लो जातका मान्छेले शारीरिक परिश्रमको सट्टा वौदिक रूपमा शोषण गरे पुग्ने प्रावधान थोपरियो। कथित तल्लो जातिले ज्ञान हासिल गर्न नमिल्ने, धर्मदर्शनका कुराहरू बुझ्न नहुने, ब्रत बस्न र देवपूजा एवं प्रसाद गहण गर्न नहुने जस्ता कुराहरू उल्लेख गरिदिएर ईश्वर र धर्म स्वयं मान्छे विभाजनको सक्रिय सन्दर्भ रहेको कुरालाई नकार्न सकिँदैन।

हिन्दू धर्मका ग्रन्थहरूमा ब्राह्मणहरूले धर्मकर्म गर्ने गराउने क्षत्रीहरूले राजकाज तथा सैन्यवलको काम गर्ने, वैश्य र शूद्रहरूले खेतीपाती, कारखाना, खनजोत, निर्माण जस्ता कठिन परिश्रमका काम गर्ने कुरा उल्लेख छन्। ब्राह्मण र क्षत्रीहरू मिलेर वैश्य र शूद्रहरूलाई शोषण गर्ने प्रचलन पनि हिन्दू धर्मसँगै गाँसिएर आएको पाइन्छ। राज्यसत्ता लिएको राजाको कसैले विरोध गर्नु हुँदैन भन्ने पक्षमा धर्मशास्त्रहरू उभ्याइएका छन्। स्वयं मनुस्मृतिमा भनिएको छ— ‘कसैले पनि राजाको आलोचना वा द्वेष ग¥यो भने उसको विनाश हुन्छ।’

धार्मिक साहित्यले मान्छेलाई जातमा विभाजन गरे। जात अनुसार कार्य गर्नुपर्ने विधि पनि तोकियो। ब्राह्मणले यज्ञ गर्न गराउने, पढ्ने, पढाउने, राज्यसत्तामा क्षत्रीलाई सहयोग गर्ने, क्षत्रीले राज्य सञ्चालनको काम गर्ने, वैश्य जातले वाणिज्य, कृषि र गाईको रक्षा गर्ने गराउने र शूद्रहरूले उल्लिखित तिनै जातको सेवा गर्ने व्यवस्था पनि उल्लेख छ।

मनुस्मृति हिन्दू समाजमा शोषणको जालो फैलाउने प्रमुख कृतिको रूपमा उभिएको छ। ठुला भनिएका ब्राह्मण र क्षत्री जातहरू मनोहर र सुविधासम्पन्न स्थानहरूमा बसोवास गर्नु पर्ने तर तल्ला भनिएका जातहरू ब्राह्मण, क्षत्रीय र वैश्यहरूका वस्ति नजिकै वस्नसमेत योग्य हुँदैनन्, उनीहरू ठुला ठुला रूख मुन्तिर, स्मशान घाट नजिक, पहाड तथा बगैँचाका वरिपरि आ–आफ्ना काम अनुसार बस्नु पर्ने कुरा बताइएको छ। यसले जाति जाति बीचको छुवाछुत र भेदभाव चरम रूपमा चर्किरह्यो।

मनुले जातिपातीको भेदभाव बेस्सरी उराले। मनुस्मृतिले ब्राह्मण शाहीको दबदबा बढायो। ब्राह्मणलाई देवताकै हिस्साको रूपमा व्याख्या गरियो। मुर्ख भएपनि ब्राह्मण देवता नै हुन्छ  भनियो। मुर्ख भए पनि ब्राह्मण न्यायाधिश बन्छ तर योग्य र क्षमतावान भएपनि शूद्र न्यायाधिश बन्न सक्तैन भन्ने अफवाह फैलाउनु, ब्राह्मणलाई अरु जातिले टेढो आँखाले सम्म हेर्न हुँदैन र सधैँ मान मर्यादा गर्नुपर्छ भनिनु कति हाँस्यास्पद छ। अरु सबै जातिलाई कर लगाएपनि ब्राह्मणलाई भने कर समेत छुट दिनुपर्छ भन्ने कुरा स्वयं मनुस्मृतिले उल्लेख गरेको छ। मनुस्मृति (८।१३३) मा लेखिएको छ—

‘मियमाणोद्रप्याददीत न राजा श्रेत्रियात्करम्
न च क्षुधाद्रस्य संसीदेच्छ्राेत्रियो विषय वसन्’

अर्थात्,

‘अति निर्धन भएपनि राजाले ब्राह्मणसँग कर लिनु हुँदैन तर त्यो देशमा रहेको कोही पनि ब्राह्मण भोको नरहोस्।’

अरू जातिले ब्राह्मणलाई सकिनसकी जसरी भए पनि दान दिनुपर्ने, श्राद्ध गर्दा ब्राह्मणलाई पूजा गर्नुपर्ने, उसलाई मीठा मीठा खाना खुवाउनुपर्ने प्रावधान मनुस्मृतिमा छ। जति अल्छी, भ्रष्ट र चरित्रहीन ब्राह्मण भए पनि योग्य र चरित्रवान् अरु जातिले सेवा टहल गरिरहनुपर्ने व्यवस्था गरेर मनुस्मृतिले शोषणलाई पक्षपोषण गरेको छ।

मनुस्मृतिले ब्राह्मणलाई एक विशेष जात र अरूलाई निम्न कोटीमा राखेको छ। तल्लो जातले माथिल्लो जातिलाई अलिकति पनि मान सम्मान गर्न चुक्यो भने वा माथिल्लो जातिले तल्लो जातिलाई हेपन चेप्न पाएन भने त्यो कथित सानो जातको अपराध हो भन्न समेत मनुस्मृति पछि परेको छैन। शुद्र वा दासहरूले ब्राह्मण क्षत्रीको हित विपरित आफ्नो हित चिताउन नहुने, शुद्र वा दासहरूले यस लोक वा परलोक दुवैमा ब्राह्मण क्षत्रीको शुश्रुसा वा दासत्व बहन गर्नुपर्ने तल्लो जातको शुद्र वा दासले उपल्लो जातको बाहुन क्षत्रीलाई जुनसुकै अङ्गद्वारा हिंसा गर्ने चेष्टा गर्छ भने त्यसको त्यही अङ्ग काटेर फ्याकिदिनु पर्ने शुद्र वा दासले आक्रोशवस बाहुन वा क्षत्रीको नाम मात्र काट्यो भने त्यसका मुखमा तताएर रातो पारिएको १० अम्मल लामो फलामे छड कोचिदिने, बाहुनलाई सबै जातका मानिसले आफ्नो धन, जीवन, घर र सम्पूर्ण कुराहरू दिनु उचित हुने कुराहरू मनुस्मृतिमा उल्लेख गरेर त्यसलाई कानुन सरह लागु गर्नाले समाज झन् शोषक र शोषितको बीचमा ठूलो खाडल बोकेर अघि बढ्न बाध्य बन्यो।

 

प्रकाशित मिति: १०:१३ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?