Kathmandu Press

धर्म, धतुरो र धङधङी

धर्मको गहिरो छापको कारण मान्छे हरक्षण ‘धर्म’ र ‘ईश्वर’ सँग डराइरहेछ। अन्धविश्वासको बाक्लो जालोमा बेरिएर अझैसम्म पनि कतिपय मान्छे भूकम्प, हुरी, बतास, बाढी, पहिरो जस्ता प्राकृतिक पिडाहरू पैदा हुनु पनि ईश्वर रिसाएको प्रतिफल हो भन्न पछि परेका छैनन्।
धर्म, धतुरो र धङधङी

हिन्दू धर्म प्राचीन कालदेखि सुरु भएको हो। सनातन धर्मी समाज नै हिन्दू समाज हो। धर्मले समाजको कल्पना गर्ने हुनुपर्दछ। धर्ममा अन्धविश्वास थपिँदै गयो भने त्यसले समाजलाई अधो गतितर्फ अँचेट्न थाल्छ। धर्ममा कुरीति मिसिए भने जाति, भाषा, रंगका विभाजन थपिए भने, तर्कको कुनै स्थान रहेन भने र धर्मको नाममा समाजका सर्वसाधारण शोषित र पीडित बन्न थाले भने धर्म समाजको बाधकको रूपमा खडा हुन थाल्छ।

‘धर्म’ स्वभाव हो, तर हामीले बुझ्ने गरेको ‘धर्म’ मान्छेको आध्यात्मिक स्वभाव हो। यो बुझाइमा धर्ममा ईश्वरप्रति आस्था रहन्छ, सारा संसारको सञ्चालन अदृश्य ईश्वरबाट नै हुन्छ। ईश्वर बिना यो विश्व ब्रह्माण्डको कुनै अर्थ छैन भन्ने मान्यता पनि अघि सारिन्छ। धर्ममा विश्वासलाई प्रमुख स्थान दिइन्छ। विश्वासको सामु प्रश्न बेकार भनिन्छ।

समाज विकासको क्रमलाई नियाल्ने हो भने मान्छेलाई धर्मले स्वतन्त्र बन्न दिएको छैन। अनेकौँ मूल्य, मान्यता, विश्वास र चालचलनको सिर्जना गरेर त्यसको विरुद्ध जानु हो भन्ने मान्यता फिँजाएको परिणाम स्वरूप मान्छे आफ्नो सिर्जना, विकास र समयको सदुपयोग फरक ढङ्गले गर्न नसक्ने परिस्थितिमा बाँधिएको छ। मानव जीवनलाई नवीन शैली र नवी मार्गमा अघि बढाउन मान्छेले स्वतन्त्रपूर्वक सिर्जनात्मक कामहरू सम्पादन गर्ने मौका पाउनु पर्दछ। तर, यसो गर्नु पर्छ र यसो गर्नु हुँदैन भन्ने मान्यताका धार्मिक आचरणमा बाँधिएपछि मान्छे विवेकशील, नवसिर्जना गर्न सक्षम र संसारका रहस्यहरू खोतल्न र ती रहस्यहरूका फाइदा लिन पनि पछि पर्दैन।

Hardik ivf

जसरी एउटा धतुरो खाएपछि मान्छेका सारा दिमाग शिथिल, सोच्ने शक्तिमा कमजोरी र नयाँ विचारमा अवरोध पैदा हुन्छ त्यसैगरी धर्ममा फसेपछि मान्छेमा धर्मान्धता, अन्धविश्वास, तर्क क्षमतामा ह्रास र धर्म विरुद्ध सुधारात्मक आँखाले केही पनि नहेर्ने प्रवृत्ति बढ्दै जान्छ। त्यो धङधङीमा फसेपछि मान्छे ‘सिर्जनशील’ बन्नु भन्दा पनि ‘पलायनवादी’ बन्न थाल्दछ। समाज विकासको लागि धर्म, धतुरो र धङधङी एकै रूपमा पैदा भएका छन्। तिनले मानवको स्वतन्त्र स्वभावलाई कुण्ठित र निष्क्रिय बनाउन जोड पु¥याइरहेको तथ्यलाई बिर्सन सकिँदैन।

माथि नै उल्लेख गरिएझैँ हिन्दू सनातनी धर्म मानव सभ्यताको सुरुवातदेखि नै अघि बढ्यो। एउटा नदी बग्न थालेपछि फोहोर मैला, दूषित पदार्थहरू नास गर्दै सङ्लो रूपमा सागरमा समाहित बन्न जरुरी छ, तर नदी जति बग्छ उत्ति नै फोहर मैला र दूषणहरू मिसिएर सागर नै दूषित पार्न थाल्यो भने त्यो एउटा समस्या बन्न थाल्दछ। हिन्दू धर्म पनि सर्वप्राचीन धर्म त हो तर, यसले अनेकौँ अप्ठ्याराहरू, समाज विकासका बाधक तत्त्वहरू र मानवीय मूल्य मान्यताहरू ह्रास गराउने तत्त्वहरू बोक्दै हिँडेकोले हिन्दू धर्म आफैँ संरक्षणहीन पुरानो चिडीयाखाना जस्तो बनिरहेछ, जसका दलिनहरू भाचिँदैछन्, थाम निदालहरू टुक्रिदैछन्, गारो गल्दैछ र भित्रको हिंस्रक जन्तुहरू कुनबेला फुत्केर दर्शकहरूलाई नै निलिदेलान् भन्ने आशङ्का छ।

मानवीय विकासका लागि मान्छेले आफूले अवलम्बन गरेको आचरण, समय–सन्दर्भ र परिस्थितिको पनि यथार्थपरक मूल्याङ्कन गर्न जरुरी छ। आफ्ना आचरणमा र आनिवानीमा मिसिएका खराब तत्त्वहरू पहिचान गरेर समयमै तिनको निदान गरिएन भने समृद्धिले सही मार्ग पहिल्याउँन सक्तैन।

मान्छेले जब सभ्यताको यात्रा सुरु ग¥यो, तब पारस्परिक सहयोगले उन्नति हुने कुरा प्रमाणित हुँदै गयो। सबै नैतिक गुण तथा नैतिक नियम परस्पर सहयोगबाट उन्नति गर्ने समझदारीको परिणाम हो। समाजमा सच्चाई, इमानदारी, प्रेम, सहयोग, सद्भाव जस्ता भावनाहरू बढ्नु सामाजिकता अभिवृद्धिको परिणती हो। त्यसमा स्वर्ग, नरक, ईश्वर जस्ता अन्धविश्वास र धार्मिक मान्यताको कुनै सम्बन्ध छैन। चोरी, डकैती, व्यभिचार, बलात्कार, हत्या आदि कुकृत्यमा धोका र उत्पीडन मात्र हुन्छ, त्यसैले तिनीहरूमा कहिल्यै पनि राम्रो काम हुन सक्तैन। धर्म पनि अन्धविश्वास र धोकामा आधारित हुन्छ, धर्मको सत्ता मान्नेको उत्पीडनको रूपमा मात्र उभिन्छ। परिणामतः धर्मबाट राम्रो कुराको अपेक्षा गर्नु बेकार मात्र हुन्छ।

सबै धर्मको सैद्धान्तिक, कर्मकाण्डीय तथा संगठनात्मक ढाँचामा एउटै कुरा खुब ध्यान दिइएको हुन्छ, त्यो हो धर्मगुरुको स्वार्थसिद्ध गर्ने अभिप्राय। आत्मा, परमात्मा, स्वर्ग, नरक, परलोकजस्ता मान्यताको जालो फिँजाएर मान्छेलाई धर्मगुरुको शरणमा नपुगिनहुने स्थिति सिर्जना गरिएको छ। फलतः स्वतन्त्रताको प्रकाशले जनजीवनमा स्पूmर्ति, उत्साह तथा अघि बढ्ने गति वृद्धि गराउन असम्भव भएको छ।

विकृतिबाट छोपिएको धर्मलाई नहटाउने हो भने स्वतन्त्रताको उपभोग गर्ने कार्य प्राणघातक सावित हुने देखिन्छ। हजारौ वर्षदेखि ब्राह्मण, महन्त, पूजारी, पादरी र मुल्लाहरूले मान्छेको मनस्थितिमा धर्मको बिरुद्ध चल्नु अपराध हो भन्ने भ्रम फिँजाइरहेछन्। धर्मको गहिरो छापको कारण मान्छे हरक्षण ‘धर्म’ र ‘ईश्वर’ सँग डराइरहेछ। अन्धविश्वासको बाक्लो जालोमा बेरिएर अझैसम्म पनि कतिपय मान्छे भूकम्प, हुरी, बतास, बाढी, पहिरो जस्ता प्राकृतिक पिडाहरू पैदा हुनु पनि ईश्वर रिसाएको प्रतिफल हो भन्न पछि परेका छैनन्। प्रकृतिका रमाइला प्राप्तिहरू पनि ईश्वर खुसी भएरै प्रदान गरिएका हुन् भनिरहेछन् केही मान्छे। यसले मान्छेले आफ्नो स्वतन्त्रतालाई कमजोर पारिरहेको छ।

हिन्दू धर्ममा सुधार

मानव चेतनाको विकासले वर्तमान संसार समृद्धिको अभूतपूर्व सफलतामा अघि बढिसकेको छ। विज्ञान, दर्शन र वस्तुगत संसारको विश्लेषणले मानव जातिको उचाई उल्लेखनीय रूपमा माथि पुगेको छ। जीवविज्ञान, रसायन विज्ञान, भूगर्भ, सूचना तथा सञ्चार, भौगर्भिक र खगोलीय अध्ययनका परिणामहरूले संसारका रहस्यहरू नजिकबाट नियाल्ने र तिनका उल्लेखनीय फाइदाहरू पनि मानवजातीले हाँसिल गर्ने क्रममा तीब्रता छ।

हिन्दू दर्शन, साहित्य र धर्म भने झन्–झन् असामयिक, झन् झन् मानवीय मूल्यमा ह्रास ल्याउने र झन् झन् अवैज्ञानिक बन्दै गएकाले समाजलाई अग्रगामी बनाउनु भन्दापनि पश्चगामी बनाउदै लगिरहेछ। धर्म, संस्कृति र परम्पराले मान्छेलाई जालोभित्र जकड्याउँने होइन आदर्श र सुन्दर प्राकृतिक प्रतिफलतर्फ उन्मुख गराउन पर्ने हो। हिन्दू धर्मका अनुयायीहरू विश्वमा ठूलो संख्यामा छन्। मानवीय मूल्य र गरिमालाई आघात पार्ने अनेकौँ सन्दर्भ र प्रसङ्गहरू बोकेर हिन्दू धर्म अघि बढिरहनु भनेको ठूलो हिस्साका मानवीय समृद्धिमै आघात पुग्नु हो। त्यसैले पनि बेलैमा यसमा सुधारको आवश्यकता छ।

धर्म, वास्तविक मावन कल्याणतर्फ उन्मुख हुन्छ। सत्ता र शक्तितर्फ उन्मुख हुनु, आफ्नो विपरीत विचारधारालाई शत्रुवत् व्यवहार गर्नु, आत्मालोचनाबाट टाढा रहनु र स्वच्छ आलोचनाहरू नकार्नु, चापलुसी, चाकडीमा लिप्त हुनु, असहायको मान मर्दन गर्नु, अल्पसङ्ख्यकप्रति हेय भाव फैलाउनु, आफ्ना कमजोरीहरू पहिचान नगर्नु र चिनिएका कमजोरीहरूलाई पनि सुधार नगर्नु, मानव विरोधी प्रथाहरू जन्माउनु र त्यस्ता प्रथाहरूलाई प्रोत्साहित गरिरहनु, धार्मिक साहित्यमा लेखिएका कुराहरू परिवर्तन नै हुनु हुँदैन भन्ने मान्यता राख्नु र त्यो नै अन्तिम सत्य मानिरहनु जस्ता तथ्यहरूले हिन्दू धर्म मानव विकासको लागि सहयोगी बन्न सकेको छैन।

हिन्दू धर्मको कथित गौरवशाली महल ईश्वर, स्वर्गनरक, पापपुण्य, दान ब्राह्मणवाद, जाति आदि खम्बाहरूमा अडिएको छ, जुन न विज्ञानसम्मत रूपमा उभिन सक्छ न तर्कको परीक्षामा। सामाजिक विघटनमा लागिरहेको हिन्दू धर्मका क्रियाकलापहरूलाई बेलैमा सुधार गरिएन भने विश्वका अरवौँ मान्छेहरूको जीवन पीडादायी बन्ने मात्र होइन, सारा संसार नै उज्यालो मार्गमा अघि बढ्न नसक्ने देखिन्छ।

बुद्धकालमा अध्ययन, तर्क र सही निष्कर्षमा मात्र जीवन चलाउनुपर्छ भन्ने अवधारणाले सार्थकता पाइसकेको थियो। अध्ययन अध्यापनका लागि अनेकौँ विद्यालय र महाविद्यालय खडा गरिएका थिए। पठन संस्कृतिले निकै उच्च स्थान हासिल गरिसकेको थियो। बुद्धकाल पछि ऋषिकुल र गुरुकुलबाट शिक्षा हासिल गर्ने गराउने परिपाटीमा दुरुत्साहन गरियो। बुद्धकालका नालन्दा र तक्षशिला जस्ता प्रख्यात विश्वविद्यालयहरू पनि त्यसपछि नष्ट भए।

हिन्दूहरूले विद्यालय, महाविद्यालय निर्माण गर्नुको सट्टा मठ, मन्दिर बनाउन थाले। यसले गर्दा स्वतन्त्र चिन्तनको परम्परामा ठेस लाग्न थाल्यो। मन्दिरमा पढेलेखेको भन्दा घण्टी हल्लाउने मान्छेको जरुरत हुन थाल्यो। धर्मग्रन्थको अध्ययननै नगरी कर्मकाण्ड र पूजापाठ गराउने संस्कृतिले धर्मान्धता झन् बढ्न थाल्यो। शारीरिक रूपमा समर्थ मान्छे पनि पहेलो बस्त्र पहिरेर भीक्षा माग्दै देवदूतको दुहाई दिन थाल्यो।

साहित्यबाट सिर्जित मानव पीडा

धर्मले मान्छेको हित गर्नु पर्छ, मानव पीडामा उन्मुख हुने होइन। साहित्य समाजको दर्पण मात्र बन्नु हुँदैन, समाजलाई डो¥याउँने र अघि बढाउने कार्य पनि गर्नु पर्दछ। हिन्दू साहित्य परमेश्वर, परलोक, पुनरजन्म, परम्परा र पुर्पुरोजस्ता पाँच ‘प’ का मान्यतामा अघि बढिरहेको छ। तिनले जातिवादी मान्यताहरूलाई गोडमेल गर्ने, समाजका निम्न वर्गलाई झन् हेप्ने पेल्ने र समस्त मानवीय गरिमा र मूल्यलाई आद्यात पु¥याउँने कार्य गर्दै आएका छन्।

पाप, पुण्य, आत्मा, परमात्मा, गीता, महाभारत नमान्ने मान्छेहरू दिनानुदिन बढिरहेछन्। पाप पुण्य भनेको ब्राह्मणको जीविकाको साधन मात्र हो, आत्मा कपोल्कल्पित कुरा हो र गीता दर्शन निष्क्रियताको सन्देश मात्र हो भन्नेहरू संख्या ठूलो छ।

हिन्दू साहित्यमा वर्णित व्यवस्थाहरूले समृद्ध मानवीय मूल्य मान्यतामा आघात पु¥याएको र मानवलाई पीडाको पोखरीमा डुब्न बाध्य पारिएका केही उल्लेखनीय प्रसङ्गहरू यहाँ वर्णन गरिएको छ।

प्रकाशित मिति: १२:०४ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?