कोरोनाका फ्रन्टलाइनर स्वास्थ्यकर्मी सरकार र सर्वसाधारणको दोहोरो चेपुवामा
कोरोनाविरुद्धको लडाइमा स्वास्थ्यकर्मीले ज्यान दाउमा राखेर काम गरिरहेका छन्। परिवारको वास्ता गरेका छैनन्, सीमित स्रोत
कोरोनाविरुद्धको लडाइमा स्वास्थ्यकर्मीले ज्यान दाउमा राखेर काम गरिरहेका छन्। परिवारको वास्ता गरेका छैनन्, सीमित स्रोत साधनमा जोखिमपूर्ण रुपमा काम गरिरहेका छन्। यस्तो बेला उनीहरुले ताली पाउनुपर्ने हो, तर समाजले उनीहरुलाई गाली गरिरहेको छ। घृणा गरिरहेको छ। योभन्दा दुःख लाग्दो कुरा अरु के हुन्छ ? स्वास्थ्यकर्मीले पनि त्यही समाजका लागि काम गरिरहेका छन्। पक्कै दुव्र्यवहार सहन, घृणित हुन त काम गरेका होइनन् होला? त्यसैले पछिल्लो समय स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार र आक्रमण निन्दनिय छ।
कोरोना भाइरसको रोकथाममा अहोरात्र खटिएका बेला स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्ने हो। तर, ठ्याक्कै उल्टो भएको छ। छिःछी र दुर्दुरको व्यवहार गरिएको छ। अन्य देशमा हेर्ने हो भने स्वास्थ्यकर्मीको मनोबल बढाउन क्ल्यापिङ गरिएको छ, क्यान्डल बलिएको छ। मन्दिर, मस्जिद, चर्च बन्द हुँदा अस्पताल खुला रहेको भन्दै प्रसंशा गरिएको छ। संकटमा रियल हिरो भनेर स्वास्थ्यकर्मीलाई सम्मानको भावले हेरिएको छ।
तर, नेपालमा होस्टलमा स्वास्थ्यकर्मीलाई किन राखेको ? भन्दै विरोध हुन्छ। घेराउ हुन्छ। हाम्रो नेपाली समाज के यस्तै हो त? हाम्रो संस्कार यस्तै हो? पक्कै होइन। हामी नेपाली एकलाई पर्दा अर्कोले सहयोग गर्छौ। गुहार भन्दा तत्कालै सहयोगका लागि हाजिर हुन्छौं। यही नै हाम्रो समाजको सुन्दरता हो। तर, अहिले चाहिँ प्रश्न गर्न मन लागेको छ, हाम्रो समाज कता जाँदैछ ? आखिर स्वास्थ्यकर्मी पनि यही समाजका अंग हुन्। यही समाजका पाटा हुन्।
स्वास्थ्यकर्मी मात्रै होइन, संक्रमितमाथि पनि यस्तै दुव्र्यवहार भएका छन्। छिःछी र दुर्दुर भएको छ। समाज र परिवारले समेत हेर्ने दृष्टिकोण राम्रो छैन। समाजमा घृणाको पात्र बन्नुपर्ने अवस्था छ। यो भन्दा दर्दनाक कुरा अर्को के हुन सक्छ। यसले के गर्ला? समाजलाई कहाँ पु¥याउला। भोलि घृणा र अपहेलनाको डरले मानिसले रिपोर्ट लुकायो भने के हुन्छ? कन्ट्याक्ट ट्रेसिङमा नआउने, ठेगाना नम्बर नै गलत बताउने अवस्था आयो भने के हुन्छ? परीक्षणमा समस्या हुन्छ, जसको कारण भाइरस नियन्त्रण गर्न सकिँदैन। यस तर्फ हामीले सोचेका छौं, कि छैनौं? यो एउटा भाइरस हो। भोलि रुघाखोकी जस्तो सामान्य बन्न सक्छ। ८५ प्रतिशलताई लक्षण नै छैन। १५ प्रतिशतलाई लक्षण देखिएला, पाँच प्रतिशतको आइसियूमा उपचार गर्नुपर्ला। नेपालमा ०.५ प्रतिशत मृत्युदर छ। हामीले किन कोरोना संक्रमतिलाई घृणाको पात्रा बनाइरहेका छौं? विश्व स्वास्थ्य संगठनले भनेको छ, भाइरस अझै २ वर्षसम्म रहन सक्छ। यदी २ वर्ष रह्यो भने स्वास्थ्यकर्मी र संक्रमितमाथि दुव्र्यवहार गर्नेहरु पनि त संक्रमित हुने सम्भावना रहन्छ। आफु संक्रमित हुँदा उनीहरुले के गर्छन्? त्यो पनि त सोच्नु पर्छ।
आइसोलेसनमा बस्नु भनेको, केवल अरुसँग टाढा बस्नु न हो। उदाहरणका लागि किरिया बस्दा कसरी बसिन्छ। अरु भन्दा छुट्टै बसिन्छ नी ! त्यसरी नै आइसोलेसनमा छुट्टै बस्नु हो। त्यसैले आइसोलेसनमा बस्ने बित्तिकै अर्कै नजरियाले हेर्नुपर्छ भन्ने छैन। त्यसैले एकले अर्काको मनोबल बढाउनु पर्छ। भाइरस साझा शत्रु हो, सबैले मिले मात्रै पराजित गर्न सकिन्छ। अहिले जसले घृणा गरेको छ, भोलि उही संक्रमित पनि हुन सक्छ। त्यसैले जनता सजग हुनुपर्छ र सुरक्षित रहनुपर्छ।
अहिले चिकित्सकलाई पनि जोखिम मोल्न मन छैन होला। ड्युटी नपरे हुन्थ्यो भन्ने उनीहरुलाई पनि लाग्दो हो। आफ्नो जीवन र परिवारको स्वास्थ्यसँग खेलबाड गर्न त उनीहरुलाई पनि मन छैन होला। त्यसैले उनीहरु टाढै बसेर भए पनि हाम्रो उपचार गरिरहेका छन् भन्ने बुझ्नुपर्छ। उनीहरुले सीमित स्रोत साधानमै राम्रो काम गरेका कारण यहाँ मृत्युदर कम भएको तथ्य पनि बिर्सन हुँदैन।
हामीले स्वास्थ्यकर्मीमाथि यस्तै व्यवहार गर्ने हो भने भोलिका दिनमा नेपालमा डाक्टर, नर्सको अभाव हुन सक्छ। त्यो समयमा कस्तो अवस्था होला ? त्यता पनि सोच्नु पर्छ। अहिले माल्दिभ्सकै कुरा गर्ने हो भने नेपालका आठ सय जना डाक्टर कार्यरत छन्। यसै पनि नेपालमा डाक्टरको संख्या कम छ। कोभिड समान्य भएपछि विदेशमा स्वास्थ्यकर्मीको ठूलो मात्रामा माग हुने देखिएको छ। दक्षिण एसियाली डाक्टरहरु निडर हुन्छन्, भन्ने यही कोभिडका क्रममा देखिएको छ। यसले स्वास्थ्यकर्मीको माग बढ्नेछ। त्यो बेला नेपालका थुप्रै स्वास्थ्यकर्मी विदेशिने छन्। उनीहरुको मनोबल घट्ने काम गर्दा यो अवस्था अझ बढ्न सक्छ। एक जना डाक्टरले हजारौंको ज्यान बचाउन सक्छ। तर, एक डाक्टर उत्पादन गर्न वर्षौ लाग्छ। यता तर्फ पनि हामीले सोच्नुपर्छ।
अहिले हामीलाई कोभिडले धेरै कुरा सिकाइ रहेको छ। हाम्रो हेल्थ सिस्टमको राम्रो चित्र देखाएको छ। तीन तहका सरकारबीचको समन्वयको स्थिती देखाएको छ। हाम्रो समाजलाई पनि पाठ सिकाएको छ। हामीलाई हात धुन, मास्क लगाउन, दुरी कायम गर्न सिकाएको छ।
जोखिम छ भनेर स्वास्थ्यकर्मी घर बस्न पाउँदैनन्। उनीहरु खटिरहेका छन्। उनीहरुको मनोबल खस्किँदै गयो भने यही अवस्थामा धेरैले राजीनामा दिन सक्छन्। तिरस्कार बढ्दै गयो भने डिप्रेसन हुन सक्छ। विदेशिन सक्छन्, पेशा परिवर्तन गर्न स्क्छन्। उनीहरुले जोखिम भत्ता पाएका छैनन्। स्वास्थ्य सामाग्री पर्याप्त पाउन सकेका छैनन्। सरकारले त उपेक्षा ग¥यो नै जनसमर्थन पाउनुपर्ने अवस्थामा त्यो पनि नपाउँदा कस्तो हाला?
हामीले सरकारलाई पटक–पटक भनेका छौं। स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नुस्, तोकिएको भत्ता दिनुहोस्। तर, त्यसो हुन सकेको छैन। मैले भर्खरै सुने अनुसार जोखिम भत्ता वितरणको स्विकृतिका लागि स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रायसँग अनुमति मागेको छ। चाँडो भन्दा चाँडो भत्ता दिनुपर्छ। तर, भत्ता वितरणका लागि बनाइएको कार्यविधी नै विभेदकारी छ। कसैलाई दिने, कसैलाई नदिने। फिल्ड र वार्डमा खटिनेलाई फरक फरक। ल्याबकालाई दिने अर्कोलाई नदिने। यो आफैंमा विभेदकारी छ। हुन त पैसाका लागि काम गर्ने होइन। तर, पनि सबैलाई समान व्यवहार हुन जरुरी छ। एकातिर सरकारले स्वास्थ्यकर्मीलाई उपेक्षा गरेको छ, अर्को तर्फ जनताले समेत घृणा गर्नु, कामको मुल्यांकन नगर्नु बडा दुःखको कुरा हो।
(नेपाल मेडिकल एसोसियसनका अध्यक्ष कार्कीसँग गरिएको कुराकानीमा आधारित)