कहाँ हराए मौसमी सरुवा रोग?
कोभिड–१९ सुरू भएपछि अरु मौसमी संक्रामक रोग घटेको हो कि भन्ने विषयमा प्रश्न उठेका छन्। संक्रामक रोग कम भएको हो वा मानिसहरुले वेवास्ता गरिरहेका छन् त? यसबारेमा जिज....
कोभिड–१९ सुरू भएपछि अरु मौसमी संक्रामक रोग घटेको हो कि भन्ने विषयमा प्रश्न उठेका छन्। संक्रामक रोग कम भएको हो वा मानिसहरुले वेवास्ता गरिरहेका छन् त? यसबारेमा जिज्ञासा उत्पन्न भएका छन्।
अहिले सरकारले सबै संयन्त्रलाई कोभिडविरुद्ध काम गर्न निर्देशन दिएको छ। हामी कोभिडविरुद्धको काममा खटिएका छौं। जसका कारण कतिपय सरुवा रोगको तथ्यांक नै राख्न सकिएका छैन। कोरोनाकै कारण मानिसहरुले अन्य सरुवा रोगलाई वेवास्ता गरिरहेका हुन सक्छन्। यस्तै मासिनहरुको बिचमा घुलमिल, भेटघाट कम भएकाले समेत सरुवारोगहरु कम देखिएको पनि हुनसक्छ।
उदाहरणका लागि डेंगु संक्रमित मानिस अरुको सम्पर्कमा नआएमा यो रोग सर्न पाउँदैन। अन्य सरुवा रोगको हकमा पनि यस्तो भएको हुन सक्छ। जसले कोभिड बाहेक अन्य सरुवारोगहरु नदेखिएको हुनसक्छ। तीन महिना लकडाउन हुँदा धेरै मानिसहरु आफ्नो गृह जिल्ला फर्केका छन्। यसले गर्दा व्यापारीक ठाउँहरुमा जनघनत्व कम भएका कारणले अन्य सरुवारोगहरु धेरै मानिसमा नसरेको हो।
तर, कतिपय रोगहरु जस्तै स्क्रब टाइफाइड, क्षयरोग लगायतका रोगहरु भने परीक्षण गरेपछि मात्र थाहा हुन्छ। यस्ता रोगको परीक्षण धेरै ठाउँहरुमा उपलब्ध छैनन्। यस्ता रोग लागेका बिरामीहरुलाई भनेपछि स्वास्थ्यमा दिर्घकालिन असर पर्न सक्ने सम्भावना रहन्छ।
उदाहरणका लागि क्षयरोगको बिरामीहरुलाई परीक्षण गरिएन भने यो समुदायमा स्तरमा फैलन सक्छ। धेरै मानिसहरु क्षयरोग संक्रमित हुन सक्छन्। साथै समयमै उपचार नपाउँदा वर्षौसम्म यसको प्रभाव रहिरहन्छ। साथै मानसिक स्वास्थ्यमा पनि यसले दिर्घकालिन असर पु¥याउन सक्छ।
कुन–कुन रोगले दिर्घकालिन असर पुर्याउँछ ?
क्षयरोगको समयमै उपचार गर्न नसकेको अवस्थामा यो समुदायमा फैलिन्छ। यसको नियन्त्रण भनेकै परीक्षण गरेर बिरामीको पहिचान गर्नु हो। पहिचान भइसकेपछि रोगीको उपचार गर्नुको अर्को विकल्प रहन्न। यस्तै खोपहरु नपाएको खण्डमा दादुरा रोग लाग्न सक्छ। दादुरा समेत धेरै मानिसमा सर्ने खतरा रहन्छ। यसरी दादुरा फैलिएको खण्डनमा धेरै बच्चाहरुको मृत्यु समेत हुनसक्छ।
यस्तै यौन सम्पर्कबाट सर्ने रोगहरुले समेत दिर्घकालिन असर पुर्याउन सक्छ। कोभिडका कारणले एचआईभी एड्स जस्ता रोगहरुको परीक्षण हुन सकेको छैन। परीक्षण हुन नसकदा संक्रमितको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको हुन्छ।
रोगको समयमै पहिचान हुन नसकेमा नवजात शिशुमा समेत यसले असर पुर्याउँछ। धेरै सुत्केरी महिलाहरुले अहिले आवश्यक परीक्षण गराउन पाएका छैनन्। यसले उनीहरुमा दिर्घकालिन असर पुर्याउँछ। त्यसले भविष्यमा स्त्रीरोगहरु निम्त्याउने, नवजात शिशुमा अपांगता हुने, शारीरिक समस्या देखिने लगायतका समस्याहरु आउने सम्भावना अधिक रहन्छ।
विगतमा यो समयमा हेपाटाईटिस र डेंगुको परीक्षण व्यापक भएका थिए। तर अहिले यस्ता रोगका बिरामीहरु कम देखिएका छन्। मानिसहरुबीचको दुरीका कारण यो रोग अहिले फैलन नपाएर पनि कम देखिएको हुन सकछ। यस्तै मानिसहरु परीक्षणका लागि आउन नपाएर पनि बिरामीहरु कम भएको हुनसक्ने सम्भावना छ ।
एकातिर मानिसहरु अन्य सरुवा रोग लागेर घरमै बसिरहेको हुनसक्छन् भने अर्को तर्फ कोरोनासँग मिल्दो लक्षणहरुका कारण कोरोना कै उपचार गरिरहेको हुनसक्ने सम्भावना पनि रहन्छ। सरुवा रोग मात्र नभएर अहिले कोरोनाका कारण प्राथमिकतामा नपरेका अन्य शरिरीक एवं मानसिक रोगको समयमै उपचार नहुँदा दिर्घकालिन रोग निम्त्याउँछ।
रुघाखोकी जस्ता समस्या समुदायमा घुलमिल हुने, विद्यालय लगायतका ठाउँहरुबाट सर्ने हो। अहिले धेरै ठाउँहरुमा प्रवेश निषेध गरिएको छ भने शैक्षिक संस्था, सामाजिक जमघट हुने स्थान बन्द बन्द छन्। भौतिक दुरी कायम गर्ने, हात राम्ररी धुने लगायतका काम गरेकाले पनि रोग सर्न नपाएको हुन्। कोरोनाका कारण मानिसहरुमा दुरी कम भएको छ, हात धुन थालेका छन्, जसका कारण विगतको तुलनामा सरुवा रोगहरु निकै कम देखिएका छन्। नियमित साबुनपानीले हात धुने, मास्क लगाउने, रेष्टुरेन्टको खाना नखाने लगायतका काम गर्यो भने रुघाखोकी, टाइफट, झाडापखाला जस्ता रोग केही हदसम्म कम हुन सक्छ।
कोरोनाका कारण प्राथमिकतामा नपरेका अन्य नसर्ने रोगहरुमा पनि दिर्घकालिन असर पु¥याउने सम्भावना धेरै रहन्छ। मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता रोगको उपचार नपाउँदा यस्ता रोगले मानिसहरुलाई दिर्घकालिन असर पुर्याउँछ। उदाहरणका लागि कुनै मानिसमा मधुमेह वा उच्च रक्तचाप छ, तर परीक्षण गर्न पाएको छैन भने यसले हृदयघातका साथै अन्य शरीरिक र मानसिक रोगहरु निम्त्याउँछ।
यस बाहेक कोरोना संक्रमितहरु निको भएपनि फोक्सो र मुटुमा दिर्घकालिन असर पु¥याउँछ । यस्तै लामो समयसम्म शारिरीक तथा मानसिक अशक्तता हुने, दमको रोग निम्तने, औषधिहरु खाइरहनुपर्ने हुनसक्छ।
(संक्रामक रोग विशेषज्ञ सुवेदीसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित।)