Kathmandu Press

पाटा नेपालले नचिनेका पर्यटनका खम्बा सुमन

नेपालको पर्यटन क्षेत्रमा एक क्रियाशिल र सफल पर्यटन व्यवसायी पाण्डेलाई विश्व बजारले त चिन्यो तर पाटा नेपाल च्याप्टरले भने चिन्न नसक्नु दुःखद हो ।
पाटा नेपालले नचिनेका पर्यटनका खम्बा सुमन

पर्यटन क्षेत्रका स्थापित नाम हो सुमन विक्रम पाण्डे । आफ्नो ३ दशक लामो व्यवसायिक जीवनमा नेपालको साहसिक पर्यटन, ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत दजनौं विधामा संलग्न व्यक्ति अर्थात नेपाली पर्यटनका एक पर्याय हुन् सुमन पाण्डे । उनी ट्रेकिङ एजेन्सिन एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष, नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य, एयरलाइन अपरेटर एसोसिएसन अफ नेपालमा महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा–नेपाल च्याप्टरमा दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । 

अझ बिशेष त लामो समय देखि ओझेलमा परेको पाटा–नेपाल च्याप्टरलाई पाण्डेले दुई कार्यकाल नेतृत्व प्रदान गरी हिमालय ट्राभल मार्ट मार्फत नेपालको पर्यटन क्षेत्रको एक गतिशिल संस्था हो भनी चिनाउन समेत सफल पाण्डे हाल प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसै संस्थाको नेपाल च्याप्टर अर्थात प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भर्खरै बार्षिक साधारण सभा सम्पन्न गरी नयाँ नेतृत्व पनि चयन गर्यो तर पाण्डेलाई सम्झने परै कै कुरो बधाई समेत दिने आट गरेन । यसले नेपालको पर्यटन क्षेत्रमा अतुलनिय योगदान पुराएका पाण्डेलाई मात्र नभई समग्र पर्यटन क्षेत्रलाई नै उपेक्षा गरेको बुझ्न सकिन्छ । नेपालको पर्यटन क्षेत्रमा एक क्रियाशिल र सफल पर्यटन व्यवसायी पाण्डेलाई विश्व बजारले त चिन्यो तर पाटा नेपाल च्याप्टरले भने चिन्न नसक्नु दुःखद हो । 

नेपाली पर्यटन कम्पनी एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्ष सुमन पाण्डे गत मार्चमा भएको निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेजले आफ्नो मनोनयन फिर्ता लिएपछि पाण्डे निर्विरोध चयन भएका थिए । हालसम्म यो संस्थामा यतिका माथि पदमा पुग्ने पाण्डे नै पहिलो व्यक्ति हुन् । पाण्डे समेत पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भएपछि २५ जेठमा भएको पाटा साधारणसभाबाट नतिजा अनुमोदन भएको थियो ।

Hardik ivf

447957754_10228434191454705_405776910839385566_n-1717951394.jpg

सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटाको यो तहको जिम्मेबारीमा पहिलो पटक प्रतिनिधित्व भएको हो । पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा थिए । त्यस बेला पनि पाण्डेले निकै क्रियाशिल भई आफ्नो कार्यकाल पुरा गरेका पाण्डेलाई आगामी दिनमा पाटा अन्तर्राष्ट्रिय मुख्यालयको सम्भावित अध्यक्षका रुपमा पनि हेर्न सकिन्छ तर पनि पाटा नेपाल च्याप्टरले भने चिन्न सकेन । 

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भई १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटन आदान प्रदान वा व्यापार विस्तारमा सदस्य राष्ट्रका साथ सहयोग तथा सहकार्य गर्दै आएको छ । यसै अनुरुप नेपालमा पनि पटक–पटक बिभिन्न नेपाली व्यवसायीहरुलाई सम्मिलित गर्दै सेमिनार तथा तालिम र एक्पो समेत गरिसकेको छ, त्यसको अगुवाई पनि पाण्डेले नै गरेका हुन् । 

१९७५ देखि पाटा सदस्य रहेको नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तर वृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आउनुका साथै १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्पपछि संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रम साथै ६ पटकभन्दा बढी साहसिक पर्यटन मेला, २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट आयोजनामा सक्रिय सहयोग गरेको थियो ।

444964580_10228434864831539_5197113353106841802_n-1717951240.jpg

२००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको मन्त्रिपरिषद् बैठकका मुख्य संयोजनकर्ता पाण्डेकै अगुवाइमा २००८ मा नेपालमा स्काई डाइभिङ सुरुवात, नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधि सुरुवात र २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट अन्तराष्ट्रिय पर्यटन मेला सुरुवात भएको थियो ।

पाटा नेपाल च्याप्टरले सफल पर्यटन व्यवसायी सुमन पाण्डेलाई चिन्न नसक्नु चाँही समग्र नेपालकै पर्यटनका लागि दुभाग्य हो । पाटा नेपाल च्याप्टरले यो कुरालाई महशुस गर्दै आगामी दिनहरुमा व्यवसायी पाण्डेसँग सहकार्य र समन्वय गर्दै कार्य गर्न सकेको खण्डमा नेपालको पर्यटन क्षेत्रमा निकै धेरै र ठुला ठुला रचनात्मक कार्य गर्न सक्थ्यो र सक्नु पनि पर्छ नत्र भने नेपालको पर्यटन क्षेत्रले निकै ठुलो नोक्सानी हुनेछ । नेपालको पर्यटनलाई पाटा नेपाल च्याप्टरले उकास्ने सोच बनाएको छ, भने व्यवसायी पाण्डेसँगको ऐक्यबद्धताले कोशेढुङ्गा सावित हुनेछ ।

(लेखक युवा अभियान्ता एवं नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष हुन्।)

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्