Kathmandu Press

पर्यटन : आर्थिक सम्बृद्धिको आधार

पर्यटन सम्बन्धी सचेतना, शिक्षा, तालिम, अभिमुखिकरण कार्यक्रम, छलफल अन्तर्क्रिया लगायत विषयहरुमा पनि लगानी आवश्यक देखिएको छ। पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाई अन्तर्राष्ट्रिय स्तरसम्म विकास र प्रचार प्रसार गर्नु सान्दर्भिक रहेको छ।
पर्यटन : आर्थिक सम्बृद्धिको आधार

प्राकृतिक रुपमा विश्वको सबैभन्दा अद्भुत दृश्यावलोकनको लागि अनुपम अनुभव गर्न सकिने भूमि नेपाल कला, साहित्य र सास्कृतिक रुपले धनी राष्ट्रका रुपमा परिचित छ। हिमालयको काखमा अवस्थित यो स्थान विश्वकै लागि आर्दश पर्यटनको गन्तव्य रहन गएको छ।

उच्च सोच, विशिष्ट अनुभव साथै प्रकृतिलाई आफूमा प्रस्फुटित र समाहित गराउन चाहानेहरुको लागि नेपाल भव्य, सभ्य र अति उत्तम गन्तव्य स्थान हो। विश्वको  १४ वटा अग्ला चुचुरामध्ये ८ वटा नेपालमै रहेको र संसारकै होचो स्थान पनि  प्राकृतिक उपहार पाएसँगै, वाष्पयुक्त जंगल र तराइसम्म अतुलनिय विविधताको लागि गर्व लायक छ, नेपाल । पदयात्रा, साहासिक पर्यटन, पर्वतारोहण, संगै ¥याफिटगंको लागि पनि प्रसिद्ध छ । एलिफेन्ट पोलो, साहसिक खेल, माउज्टेन साइक्लिङ, बन्जीलगायत १५ वटा राष्ट्रिय वन्यजन्तु पार्कहरु, जसमध्ये युनेस्कोले प्रमाणित गरेको २ वटा वन्यजन्तु सम्पदा क्षेत्रहरू समावेश रहेको छ।

नेपाल पृथ्विकै यस्तो गन्तव्य हो जहाँ रोयल बंगाल टाइगरको र विश्वमै दुर्लभ मानिने एक सिंगे गैंडा प्रत्यक्ष दृष्यावलोकन गर्न पाउँदा जो कोहिले पनि आलौकिक आनन्दको अनुभुति गर्दछन्। अधिकाशंको पर्यटकको लागि सबैभन्दा ठूलो आर्कषण यहाँको मौलिक कला, परम्परागत रिति संस्कृति, नेपालिहरुको आतिथ्यता संस्कार, धार्मिक संहिष्णुता, धार्मिक, सांस्कृतिक, भाषिक विविधता जस्ता विषयहरु नेपाललाई विशेष बनाउने अंश हुन्।

Hardik ivf

दुर्गम पहाडी गाँउदेखि मध्ययुगीन पहाडी  गाँउ शहर लगाएत काठमाडौ, भक्तपुर र ललितपुर जस्ता पुरातन सम्पदा संकृति र आधुनिक सोच र सम्मानको लागि सधै स्वागत गर्न तम्तयार भएर बसेका शहर र यहाँका बासिन्दाहरुको परिचय बनेको छ। आत्मिय र प्रेमिल मनैदेखि विभिन्न जातजातिहरुबाट तयार गरिएका नेपाली खानको अद्धितीय स्वादको अनुभव होस् वा वर्षका दिनहरुभन्दा धैरै चाडवर्प मनाउने नेपाल भन्दा बाहिर कमै देश होलान् । हिन्दू, बौद्ध तथा अन्य साँस्कृतिक सम्पदा स्थलहरु, समय समयमा चल्ने मेला, जात्रा लगाएत धार्मिक चाडहरु आर्कषक छन् ।

विभिन्न सम्प्रदाय र धर्मका अनुयायीहरुको लागि महत्वपुर्ण तिर्थस्थल देशैभर रहेका छन् । विश्वको अग्ला चुचुरा मध्ये सर्वोच्च शिखर सगरमाथा सहित अधिकाशं नेपालमै रहेको, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, माता  सिताको जन्मस्थल जनकपुर, पशुपतिनाथ, मुक्तिनाथ, गोसाईकुण्ड जस्ता धार्मिक स्थाल लगाएत आधुनिकता भन्दा पर रहेको मनाङ्ग, मुस्ताङ्ग जस्ता स्थान, भृकुटी, अरनिको जस्ता विभुति, सम्पदा र व्यक्तित्वहरुको पावन भूमि हो नेपाल।

नेपालको लागि अर्थतन्त्रको प्रमुख आधार पर्यटन हो । विदेशी मुद्रा संचितिको लागि पनि यो महत्वपुर्ण क्षेत्र हो। रोजगारी सृजनाको लागि पनि नेपालको चौंथो स्थानमा यो क्षेत्र रहेको छ । राष्ट्रिय तथ्याङ्ग केन्द्र अनुसार करिब ४ लाख यस क्षेत्रमा प्रत्यक्ष रोजगारमा लागेका छन्। भिजिट नेपाल २०२० अभियान कोरोना महामारीको प्रतिकुल प्रभावबाट असफल भएसँगै पर्यटन व्यवसायमा मन्दी आएको अवस्थामा हाल केही सुधार देखिँदै आएको छ। क्रमिक रुपमा सूधार हुँदै आएको यो क्षेत्र हाल करिब ७० देखि ९० हजार पर्यटकलाई मासिक रुपमा स्वागत गर्दै आइरहेको छ।

अर्थतन्त्रको मूख्य खम्बाको रुपमा रहेको विदेशी मुद्राको स्रोतको रुपमा रहेको, राजश्व वृद्धिमा उल्लेख्य योेगदान रहेको यस क्षेत्रका चुनौतिहरुलाई सम्बोधन गरी सम्भावनाको ढोका खोल्नको लागि राज्यले स्पष्ट, नीतिगत र पर्यटन उद्योगको स्तरोन्तीको लागि विशेष पहलकदमी लिनु आवश्यक छ। आम्दानीको प्रमुख स्रोतमध्ये एक यस क्षेत्रमा आउने पर्यटकको लागि यातायात, बासस्थान र सुरक्षाले पनि पर्यटन उद्योगमा महत्वपुर्ण स्थान राख्दछ। हेर्दा सामान्य लाग्ने तर स–साना विषयहरुमा पनि, स्थानिय सरकार, पर्यटन व्यवसायी लगाएत सम्पुर्ण सरोकारवालाहरुले यातायात, बसोबासको व्यवस्था, गाइड, लगायत सुचना केन्द्रमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको छ।

पर्यटकको सुरक्षाको लागि स्थानिय स्तरमा हुने अनौपचारीक ठगी, पर्यटकको खर्चमा अनिमियतालगायत मूल्यहरूको विषयमा पनि सचेत रहन पर्दछ। आपतकालिन उद्धार, आकास्मीक सेवाको लागि विषेश तयारी, सुरक्षा सर्तकता जस्ता विषयमा संवेदनशिल हुन जरुरी छ। बेलामौकामा स्थानीयहरूले गर्ने अस्वभाविक तथा अवान्छित गतिविधि, कतिपय कुराहरूमा बढी मुल्य निर्धारण गर्ने र आतित्थ्यतामा कमि रहने कुरालाई पनि सुक्ष्म ढगंले विश्लेषण गर्नुपर्दछ। अतिथि देवो भवः भन्ने मुल मन्त्र स्थापित भएको नेपालि समाजमा छिटपुट रुपमा हुने केही अराजक तथा असामान्य गतिविधीहरूको रोकथामको तथा निराकरणको लागि सम्पुर्ण सरोकारवालाहरुले सचेत र पहरेदारीमा पनि ध्यान पु¥याउन अवाश्यक छ। पर्यटन व्यवसाय पूर्णरुपमा सेवामुलक व्यवसाय भएको सन्दर्भमा अन्य व्यवसायको तुलनामा चुनौतिपुर्ण र संवेदनशील पनि छ।

सन् १९६० को दशकदेखि शुरु भएको पर्यटन उद्योग सन् १९९० को राजनीतिक व्यवस्था परिवर्तनसँगै हालको अवस्थामा आइपुग्दा विभिन्न आरोह–अवरोह पार गरेको छ । बेलाबेलामा हुने आन्दोलन, हड्ताल बन्द र २००० सम्म आइपुग्दा एरलाइन्स अपहरण काण्ड, दरवार हत्याकाण्ड, माओवादी जनयुद्धकालमा भएको हिसां, मधेस आन्दोलनको कारण थगंथिलो भएको यो क्षेत्र सन् २००६ मा भएको बृहत शान्ति सम्झौतापछि केही तंग्रीएको महशुस हुँदैछ। तथापि यस क्षेत्रमा जे जती विकास हुनुपर्नेमा खासै प्र्रगति नभएको कुरामा दुईमत छैन।

पूर्व मेचिदेखि महाकालीसम्म नेपालको हरेक स्थान पर्यटकीय दृष्टिकोणले उद्योगको रुपमा विकास गर्न प्रचुर सम्भावना रहेको अवस्थामा आर्थिक रुपमा सम्पन हुने बलियो आधार रहेको छ। प्राकृतिक सौन्र्दयको खानि रहेको यस स्थानहरुमा पुर्वाधार निर्माणमा पनि ज्यादै न्यून खर्चमा पनि भव्य र आर्कषक बनाउन सकिन्छ। पर्यटन उद्योगको विकासको लागि प्रचार प्रसारमा कमी रहेको अवस्थामा स्थानीय, राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा विज्ञापन, सन्देश र सूचनाको संयन्त्रको विकास गर्न आवश्यक देखिन्छ। उद्योगको रुपमा विकास हुँदै गैरहेको अवस्थामा यातायातको लागि, पदमार्ग, स्थलमार्ग,  हवाई मार्ग, जलमार्गमा लगानी र यातायातको साधनको व्यवस्था प्रमुख रहेको छ। बासको लागि पर्यटकको खर्च गर्ने क्षमताको आधारमा स्थानिय रुपमा सुविधा सम्पन्न होटल, होमस्टे देखि पाँचतारे होटलको व्यवस्थापनको लागि पनि थप लगानी पर्दछ । स्थानिय पथप्रर्दशक, टुर गाइड, सुचना केन्द्रमा पनि लगानी आवश्यक छ।

समग्रमा नीजि, सरकारी र सहकारी संघ संस्थाको सयुक्त लगानी गरी आर्थिक व्यवस्थापन गर्दा केही सहज हुनेछ। पर्यटन सम्बन्धी सचेतना, शिक्षा, तालिम, अभिमुखिकरण कार्यक्रम, छलफल अन्तर्क्रिया लगायत विषयहरुमा पनि लगानी आवश्यक देखिएको छ। पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाई अन्तर्राष्ट्रिय स्तरसम्म विकास र प्रचार प्रसार गर्नु सान्दर्भिक रहेको छ।

भुकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणमा भएको ढिलासुस्ती, अन्र्तराष्ट्रिय जगतमा भएको नकारात्मक प्रभावको न्युनीकरण गन नसक्नु, सम्पदाहरुको अतिव्रmमण रोक्न नसक्नु, पुर्वाधार विकासमा प्रयाप्त लगानी नहुनु, व्यवसायिक दक्ष जनशक्तिको कमि रहनु, पर्यटकीय शिक्षा, सचेतना जस्ता विषयहरुमा कमि, सम्भावना र अवसरलाई आय आर्जनको रुपमा विकास गर्न नसक्नु, स्पष्ट ऐन, नीति तथा कार्यव्रmमहरु पर्यटन उद्योगको रुपमा विकास गर्नको लागि विद्यमान चुनौतिको रुपमा देखिएको छ। उल्लेखित चुनौतिहरू पार गर्दै पर्यटन उद्योगको विकासको लागि पुर्वाधार विकासमा क्रमिक सुधार, छिमेकी मुलुक चिन तथा भारतबाट आउने पर्यटकको सम्भावना, अन्तराष्ट्रिय संघ संस्थाहरुद्धारा नेपालका पर्यटकीय गन्तव्यमा समावेश हुदै जानु आदि विषयहरुले ठुलो सम्भावना को ढोका खोलिदिएको छ।

हालको अवस्थामा प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायमा सहकारी संघ संस्थाहरुको योगदान हुनै पर्ने अवस्था सृजना भएको छ। नेपालमा पनि पर्यटन सहकारीको अवधारण अन्र्तगत पर्यटन व्यवसायको रुपरेखा तयार गर्ने बेला भइसकेको छ। सहकारी मार्फत पर्यटन अभियानको थालनी गर्नु समय सान्दर्भिक देखिन्छ। ग्रामिण पर्यटन, होमस्टे घरबास कार्यव्रmम, स्थानीय मौलिक कला संकृति, खाना तथा समुदाय स्तरमा सहकारीको भुमिका नकार्न सकिँदैन। इको टुरिजम, व्यवस्थित होमस्टे, पर्यटन क्षेत्रमा आर्थिक लगानी, पर्यावरणको संरक्षण र व्यवस्थापनमा पनि सहकारी संघ संस्थाहरुको योगदानले आर्थिक रुपमा नेपाल समृद्ध बन्ने छ।  

 

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?